पुटिनले भने- ‘अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पभन्दा बाइडेन उत्कृष्ट’

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डाेनाल्ड ट्रम्पभन्दा जाे बाइडेनलाई उत्कृष्ट ठान्ने बताएका छन् । वास्तवमा रुसी पत्रकार पावेल जरुबिन पुटिनको अन्तर्वार्ता लिइरहेका थिए । यस क्रममा उनले रुसी राष्ट्रपतिलाई सोधे कि रुसका लागि डेमोक्रेट बाइडेन वा रिपब्लिकन ट्रम्प कसलाई राम्रो मान्छन् ? जसकाे अहिले अमेरिकामा निकै चर्चा परिचर्चा भइरहेकाे छ ।

 

 

यसको जवाफमा पुटिनले हिचकिचाउँदै जवाफ दिए– ‘बाइडेन, ‘उहाँ धेरै अनुभवी हुनुहुन्छ, उहाँको बारेमा अनुमान गर्न सजिलो छ। बाइडेन पुरानो विचारको राजनीति गर्ने मध्ये एक हुन् । तर, हामी कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न तयार छौं ।’

 

 

 

पुटिनले अमेरिकी राष्ट्रपतिको चुनाव २०२४ को सन्दर्भमा सार्वजनिक मञ्चमा कुनै वक्तव्य दिएको यो पहिलो पटक हो। यसअघि बाइडेनको मानसिक स्वास्थ्यबारे पुटिनले भनेका थिए– ‘मैले उनलाई ३ वर्षअघि स्विट्जरल्याण्डमा भेटेको थिएँ । त्यतिबेला पनि मानिसहरूले बाइडेनले आफ्नो काम गर्न नसक्ने भनिरहेका थिए। तर, उहाँलाई भेटेपछि मलाई त्यस्तो केही लागेन ।’

 

 

 

गत वर्ष जुनमा हेलिकप्टरमा चढ्ने क्रममा बाइडेनको टाउको त्यससँग ठोक्किएको थियो । यसमा पुटिनले मजाकको स्वरमा भने, ‘हामी सबैको कुनै न कुनै बेला टाउको ठोक्किएको छ। यदि हामी ट्रम्पको बारेमा कुरा गर्छौं भने, उहाँ एक राजनीतिज्ञ हुनुहुन्छ, जो प्रणालीबाट टाढा जान्छन्। धेरै मामिलामा उनको फरक दृष्टिकोण छ। अमेरिकाले आफ्ना सहयोगीहरूसँग कसरी सम्बन्ध निर्माण गर्ने भन्ने बारेमा पनि उनीहरू फरक सोच्छन्।’

 

 

यसै वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच फेरि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसैबीच, चुनावी अभियानका क्रममा ट्रम्पले भने पुटिन प्रति लगातार नरम दृष्टिकोण अपनाएका छन् । हालै एक अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, धेरै नाटो देशहरूले आफ्नो रक्षा क्षेत्रमा धेरै पैसा खर्च गरिरहेका छैनन्। यदि यो जारी रह्यो भने म रसियालाई यी देशहरूमा आक्रमण गर्न उक्साउने छु। ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा पनि पुटिनको आलोचना गर्नबाट जोगिने देखिन्छ। यस्तो अवस्थामा ट्रम्प राष्ट्रपति बनेमा रुसप्रति कठोर रवैया अपनाउँदैनन् भन्ने अनुमान गरिएको छ ।

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा...

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९