Baigyanik Media

Advertisement

Skip Ad

विकास माग्न जाजरकोटी काठमाडौँमा : ठेकेदारलाई कारबाही गरिदिन प्रधानमन्त्रीलाई बिन्ती

सुर्खेत । जाजरकोटमा भएका विकास निर्माणको काम लथालिङग अवस्थालाई गती दिनका लागि जाजरकोटका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई हारागुहार गरेका छन् । पूर्वमन्त्री गणेशप्रसाद सिंह लगाएतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जिल्लाको अवस्था लथालिङग भएको भन्दै तत्काल ध्यान दिन माग गरेका छन् ।

 

भूकम्पबाट पीडित बनेका जाजरकोटबासीलाई तत्काल उचित व्यवस्थापन देखि अन्य दर्जन माग लिएर जाजरकोटीले प्रधानमन्त्री प्रचण्डको ध्यानाक्रषण गराएका हुन् । जिल्लामा भेरी करिडोरमा क्याराभानले लथालिङग बनाएका मोटरेबल पुल , पुष्पलाल मध्यपहाडी लोक मार्गको १२ वर्ष देखि अलपत्र परेको मन्ताभिर लगाएत अन्य सडक खण्ड , लुम्बिनी –रारा सडक खण्डको जाजरकोट भित्र पर्ने सडकको विजोग अवस्थादेखि जाजरकोट जुम्ला सुरुङ मार्गको काममा भएको ढिला सुस्तीका विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाक्रषण गराएको छ ।

 

नलगाड जलविद्युत आयोजनालाई यसै आर्थिक वर्षमा जसरी पनि निर्माण चरणमा लिनुपर्ने, भूकम्पपीडितका घर निर्माण गर्न कम्तिमा १० लाख भन्दा माथी उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख छ । ठेक्का लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरि छिटो भन्दा छिटो काम गर्नुपर्ने उक्त जाजरकोटकी टिमको माग रहेको छ । भेरी करिडोर भित्रको ५६ किलोमिटरमा पिचको लागि काम भएपनि बाँकी ६२ किलोमिटरमा बोलपत्र गर्नका लागि बजेट नहुँदा भएको समस्यलाई समेत भारी मात्रामा उठाएको छ ।

 

पश्चिम जाजरकोटको छेडा– चाँदे हुँदै जुम्ला जोडने सडकको स्तरोन्न्तीको काम रोखिएकाले तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ । खलंगा बोहरा हुँदै– बहुप्राविद्यिक शिक्षालय काफलचौर सम्मको ठेक्का लागेपनि बजेट अभावले काम हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्थापन गर्न माग पत्रमा उल्लेख गरिएको छ । नलगाड नगरपालिकाले आफ्नो पालिका भित्र दर्जन पुलहरु अलपत्र भएकाले निर्माण व्यवसायीलाई तत्काल काममा फर्कन वा कारबाही गर्न माग गरिएको पत्र समेत प्रधानमन्त्रीलाई बुझाएको छ । जिल्लामा प्रदेश तथा संघ सरकारले निर्माण गरेका ८० प्रतिशत योजनाहरु लथालिङग भएकाले तत्काल निर्माण व्यवसायीलाई कारबाही गर्न समेत माग गरिएको छ ।

 

नलगाड जलविद्युत आयोजनाको पुल समेत ९ वर्ष देखि अलपत्र हुँदै आएको छ । भेरी नदीमा आधा दर्जन पुलहरु ६ वर्ष देखि अलपत्र हुँदै आएका छन् । विकास निर्माणको काम लथालिङग बनाउने जो सुकै भएपनि कारबाही गरेर जिल्लाको विकास निर्माणमा गती दिन समेत आग्रह गरिएको पूर्वमन्त्री सिंहले बताए । ठेक्का लिएर वषौँ सम्म काम नगरी पेश्की लिएर बेपत्ता हुने निर्माण व्यवसायीलाई तत्काल उचित कदम चाल्न समेत माग गरिएको छ । जिल्लामा धेरै पटक विकास निर्माणको काममा  बिलम्ब नगर्न आग्रह गरेपनि निर्माण व्यवसायीबाट त्यसको कुनै पनि रिसपन्स नहुँदा जाजरकोटको टोल प्रधानमन्त्रीलाई नै ध्यानाक्रषण गराउन काठमाडौँ पुगेको हो । भूकम्पमा परि क्षत ,विच्छेद भएको समयमा सबै खालका कामहरु होल्ड गर्दा जिल्ला पछाडी परेको समेत माग पत्रमा उल्लेख गरिएको छ ।

 

कोहलपुर देखि सुर्खेत सम्म मात्र निर्माण हुन लागेको १३२ केभी प्रशारण लाइन जाजरकोट सम्म पुर्याउनु पर्ने समेत उनीहरुको माग रहेको छ । डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट लाइ समेत सहयोग पुग्ने भएकाले सो प्रशारण लाइन जाजरकोट सम्म तत्काल जोडनुपर्ने उनीको भनाई छ । ४०० केभी प्रशारण लाइनको दानी पिपलमा निर्माण हुने भनिएको सव टेशनको काम रोखिएको भन्दै तत्काल सो भेरी करिडोरको प्रशारण लाइनलाई निर्माण चरणमा लिन आग्रह गरिएको छ । १५० किलोमिटर  लामो प्रशारण लाइनको काम तत्काल थाल्न माग पत्रमा उल्लेख छ ।

 

माग पत्र बुझाउन उर्जामन्त्री शक्तिबहादुर बस्नेत , पत्रकार प्रभात चलाउने , नलगाडका नगरप्रमुख डम्वर रावत , पूर्वमेयर टेकबहादुर रावल , पूर्व जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल , नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य कालीबहादुर मल्ल लगाएका नेताहरु बालुवाटार पुगेका थिए । सधै बालुवाटारको वरिपरी रहने तर जिल्लाको विकास निर्माणको कुरालाई ध्यान नदिएको भन्दै जिल्लाका दलका नेतृत्वको आलोचना समेत हुने गरेको छ । हाल जिल्लाबाट उर्जामन्त्री बस्नेत , कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , प्रदेशसभा सदस्य राजिवविक्रम शाह , राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा , केही दिन अघि सम्म प्रधानमन्त्रीका प्रशासनीक सल्लाहकार रामदिप आचार्य रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ,  सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा,  पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९