चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको ३-० को शानदार जित

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब  (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ।एन्फा कम्लेक्समा सम्पन्न खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३- ० गोल अन्तरले पराजित गरेको हो।केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए।

 

यो जितपछि अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ।त्यसैगरी प्रतियोगितामा फागुन १३ गते आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुने छन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१