Baigyanik Media

Advertisement

Skip Ad

एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको दोस्रो वार्षिक उत्सव (फोटो फिचर सहित)

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको दोस्रो वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच , नृत्य, विज्ञान प्रविधि,अभिनय लगायतका विभिन्न कलाहरू देखाएका थिए I विभिन्न विधामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई पुरुस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोकिला खत्रीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आतिथ्य रहनु भएकाको कार्यक्रममा विशिस्ट आतिथ्य बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवँरले जानेको कुरा व्यवहारमा उतार्न सके बोडिङ्ग स्कुलको स्तर स्वतः वृद्धि हुने बताउनु भयो। बाल विकासमा विशेष ध्यान दिन नसकेको कारण राम्रो जनशक्ति उत्पादन हुन नसकेको बताउनु भयो । विद्यार्थीको मनोविज्ञान अनुसारको पढाई गर्नु पर्ने समय आएको बताउदै विद्यार्थीको मनोभावना अनुसारको शिक्षा नै आजको अनावश्यक्ता रहेको बताउनुभयो। शिक्षा मन्त्रालयले शिक्षा संग सम्बन्धीत सबै नियम कानुन तयार पारेको तर हरेक सामुदायीक र बोडिङ्ग स्कुल विद्यालयले बुझेर पनि व्यवहारमा लागु नगरेको कारण नेपालका सामुदायीक र बोडिङ्ग स्कुल विद्यालयको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा पुगेको भन्दै तत्काल त्यसपक्षमा ध्यान दिन विद्यालयलाई अनुरोध गर्नु भयो। त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सकोस् भनि शुभकामना दिनु भयो। स्थापना काल देखि केही समय सम्म विद्यालयमा भौतिक संरचना नहुंदा भुइँमा बोरा बिच्छाएर बढेको बाध्यता आजको दिनमा नरहेकोले अब अन्य कुरा लाई बिर्सेर गुणस्तरीय शिक्षामा नै केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो। नेपालका सामुदायीक र इंग्लिश बोडिङ्ग स्कुल विद्यालयहरुमा गुणस्तर खस्किदै जानु चिन्ताको विषय रहेको भन्दै त्यस तर्फ पालिका सुक्ष्मरुपले अध्ययन गरिरहेको र सुधार्नका लागि विद्यालय परिवार, शिक्षक/शिक्षिका सबै संग सहकार्य गरेर गुणस्तरीय शिक्षा दिनका लागि सधै तपाईहरु संंग हातेमालो गर्न तयार रहेको बताउनुभयो। हिजोका दिनहरूमा पर्याप्त भौतिक पूर्वाधारहरु नहुंदा विद्यार्थीहरु लाई पठनपाठनमा समस्या हुने गरेको त आज पर्यन्त भौतिक पूर्वाधारहरु हुँदा पनि शिक्षाको गुणस्तर चिन्ताजनक रहेको भन्दै सुधारगर्न आवश्यक रहेको र त्यो सुधार्नै शिक्षक/शिक्षिका, अभिभावक/विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सबैको जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य भिम बहादुर विश्वकर्मा,वडा सदस्य तथा न्यायिक पालिका सदस्य बसन्ती साउँद,वडा सदस्य भावना विक,वडा सदस्य राम बहादुर चौधरी, बर्दगोरिया शिक्षा शाखा अधिकृत नन्दा भट्ट, विद्यालयका सस्थापक नवराज टमटा, भुपेन्द्र राष्कोटी, बसन्त मुरारी नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर कुँवर, जगदम्बिके भगवती माध्यामिक विद्यालयका पूर्व प्रधानध्यापक नेत्र बहादुर खड्का ,रानीकुण्डा खाने पानी सरसफाई उपभोक्ता समूहका कोषाध्यक्ष उदय विष्ट, लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक विनोद बुढाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ शिखर विकले गर्नु भएको थियो । वार्षिक उत्सवमा वरिष्ट डेउडा गायिका डिक्रा देवी,देउडा गायक संसार धामीकाे वेजोड प्रस्तुती रहेको थियो । प्रथम, द्वीतृय र तृतीय हुनेलाई कापी, कलम लगायतका पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वाक्लो रूपमा अभिभाबकको उपस्थिती रहेको थियो ।        

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

काठमाडौँ, नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गर्नुभएको छ । नागरिक समाजका २३ जना अगुवाले बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक दलहरूलाई ‘अविलम्ब नेतृत्व हस्तान्तरण’ गर्न आह्वान गर्नुभएको हो ।...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९