भारतमा राज्यसभाका ३६ प्रतिशत उम्मेदवार ‘अपराधिक पृष्ठभुमी’का

नयाँदिल्ली । राज्यसभा निर्वाचनका ३६ प्रतिशत उम्मेदवार विरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । निर्वाचन अधिकारका लागि काम गर्ने संस्था ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स’का अनुसार ती उम्मेदवारहरूसँगको औसत सम्पत्ति १२७.८१ करोड भारतीय रुपैयाँ रहेको छ ।

एडीआर र ‘नेसनल इलेक्शन वाच’ ले १५ राज्यमा ५६ सिटका लागि चुनाव लडिरहेका ५९ उम्मेदवारमध्ये ५८ जनाको चुनावी प्रतिबद्ता पत्रको विश्लेषण गरेको थियो । राज्यसभाको चुनाव २७ फेब्रुअरीमा हुनेछ । यसरी पेश भएका केही कागजातहरू स्क्यान नभएको कारण कर्नाटकबाट कांग्रेसका उम्मेदवार जीसी चन्द्रशेखरको शपथ पत्रको भने विश्लेषण हुन सकेको छैन ।

 

विश्लेषणमा ३६ प्रतिशत उम्मेदवारले आफूविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको पाइएको छ । थप रूपमा यी उम्मेदवारहरू मध्ये १७ प्रतिशतले गम्भीर आपराधिक आरोप र एक जना उम्मेदवारले हत्या प्रयास सम्बन्धी मुद्दाको सामना गरिरहेका छन्।

 

विश्लेषणका अनुसार भाजपाका ३० उम्मेदवारहरूमध्ये आठ, कांग्रेसका नौ उम्मेद्वारहरूमध्ये ६, तृणमूल कांग्रेसका चार उम्मेदवारहरू मध्ये १, समाजवादीका तीन उम्मेदवारहरूमध्ये २, वाईएसआरसीपीका तीन उम्मेदवारहरूमध्ये १, आरजेडीका दुई मध्ये एक उम्मेदवार, बीजेडीका दुई उम्मेदवार र बीआरएसका एक उम्मेद्वारले शपथ पत्रमा आफूविरुद्ध आपराधिक मुद्दाहरू रहेको घोषणा गरेका छन्।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९