कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे सुन्दरपुरमा रहेकाे शिवपार्वती सामुदायीक वन उपभोक्ता समूहले कर कार्यालयमा दर्ता नभई सञ्चालन गरेको पाएको छ। वैज्ञानीक मिडियाले कर कार्यालयमा दर्ता नभई लाखौंका बिल काटेको समाचार प्रसारण गरेपछि करदाता कार्यालय लम्कीकाे टोली सामुदायीक वनमा पुगेको हो ।
२०६६ सालमा दर्ता भएको सामुदायीक वनमा १४ वर्ष पछि करदाता सेवा कार्यालयमा दर्ता नभएको खुलेको छ। अनुगमन टोलीमा खटिएका नायब सुब्बा राम बहादुर विक लगाएको टोलीले दर्ता नभई काटिएका बिल, ठेली बरामद गरेको बताउनु भयो ।
नायब सुब्बा विकका अनुसार सात दिन भित्र करदाता सेवा कार्यालयमा दर्ता गर्न भनी पत्र छोडेर आएको बताएका छन्। आवश्यक कागजपत्र सहित दर्ता हुन नआएमा कानून बोमोजीम कारबाही प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।
वैज्ञानीक मिडियाले समाचार प्रसारण गरेको भिडियो हेर्नुहोस्।





























































































































































