पेरिस ओलम्पिक खेलको सुरक्षा योजना भएको झोला चोरी, नयाँ योजना बनाउन फ्रान्स बाध्य

पेरिस। पेरिस ओलम्पिक खेलहरू जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुदैँछ, जसका लागि फ्रान्समा तिब्रताका साथ दिनरात गरी काम भइरहेको छ ।  यसैबीच सोही सन्दर्भमा एउटा खबरले सबैलाई चकित बनाएको छ किनभने सो ओलम्पिक सुरक्षाको गोप्य योजना रहेको सामाग्रीसहितको कम्प्युटर हराएको (चोरी) भएको छ । वास्तवमा, पेरिस ओलम्पिक खेलहरूको लागि पुलिस सुरक्षा योजनाहरूसँग सम्बन्धित दुई युएसबी मेमोरी स्टिकहरू भएको कम्प्युटर र एउटा झोला राजधानीको गारे डु नोर्ड स्टेशनको रेलबाट चोरी भएको छ । जुन खबरले सबैलाई स्तब्ध बनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रहरीले उक्त झोला पेरिस सिटी हलका इन्जिनियरको भएको बताएको बीएफएम टेलिभिजनको रिपोर्टको पुष्टि गरेको छ । ती इन्जिनियरले झोला आफ्नो सिट माथि लगेज कम्पार्टमेन्टमा राखेको थिए तर यसैबिचमा इन्जिनियरको ट्रेन ढिलो भएको भन्दै ट्रेन परिवर्तन गर्ने निर्णय गरे । सोही क्रममा उनले यो थाहा पाए आफ्नो झोला आफूसँग नभएको र पुरानै ट्रे्नमा छुटेको छ ।

यस विषयमा, इन्जिनियरले आफ्नो कामको कम्प्युटर र दुईवटा यूएसबी स्टिकमा संवेदनशील डाटा समावेश गरेको बताए । उनका अनुसार विशेष गरी ओलम्पिकलाई सुरक्षित गर्ने नगरपालिका प्रहरीको योजना त्यसमा समावेश रहेको थियो ।

हाल प्रहरीले यस घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । जानकारीका अनुसार क्षेत्रीय यातायात प्रहरीले अनुसन्धान गरिरहेको छ । जुलाई २६ बाट सुरु हुने ओलम्पिकका लागि हरेक दिन करिब ३५ हजार सुरक्षाकर्मी खेलकुदका क्रममा दुई हजार नगरपालिका प्रहरी खटाइदै थियो । सो गोप्य सुरक्षा योजनासहितको कम्प्युटर र युएसवी मेमोरी कार्ड हराए पछि फ्रान्सले नयाँ सुरक्षा योजना बनाउन बाध्य भएको छ । फ्रान्सेली समाचार संस्थाहरूका अनुसार हाल फ्रान्स सरकार र नगरपालिका मिलेर नयाँ सुरक्षा योजना बनाइरहेका छन् ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९