कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रामशिखरझाला निवासी पर्यटन व्यवसायी डबल शाहले आफनो जन्मदिनको अवसरमा नगरपालिकाको वडा नं १० पहलवानपुरमा रहेको कान्जी हाउस (गौशाला) लाई पराल, ब्रान र नुन सहयोग गरेका छन्।
सहारा क्लव पहलवानपुरको समन्वयमा शाहले पहलवानपुरको कान्जी हाउस गौशालालाई सहयोगार्थ जन्मोत्सबको अवसरमा विहिबार सहयोग स्वरुप एक ट्याक्टर पराल, ब्रान र नुन १५ हजार बराबरको शाहले सहयोग गरेका हुन ।
शाहले जन्म दिनमा अनावश्कय खर्च गर्नुको सट्टा गौशलामा रहेका गौ माताकाे सहयोग पुगोस भन्ने हेतुले गाईलाई खाने कुरा सहयोग गरिएको बताउनु भयो ।‘अहिले छाडा गाईगोरुका कारण विभिन्न समस्या आइरहेका छन्। पशु चौपायालाई गौशालामा सहयोग गर्न पाउदा खुशी लागेको छ।’ उहाँले भनु भयो । गौं सेवाका लागि सबै लगाउनु पर्ने बताउनु भयो ।






























































































































































