प्रधानाध्यापक कै लापारवाहीले सिरहाको एक विद्यालय बन्यो विद्यार्थी विहिन

सिरहा। विकासको प्रमुख औजार भनेको शिक्षा हो। शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो। विद्यालय शान्ति क्षेत्र हो भन्ने विश्वव्यापी मान्यता छ।तर, विद्यालयमा शिक्षकको अनियमितता, स्थानीय जनप्रतिनिधि र शिक्षा विकास तथा समन्वय इकाईकोे मनपरितन्त्र र राजनितिकरणले सिरहा लगायत मधेस प्रदेशको समुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किदै गइरहेको छ। यसको उदाहरण हो सिरहाको श्री आधारभुत विद्यालय रामनगर गुलरिया। २०३५ सालमा स्थापना भएको सिरहा नगरपालिका ९ स्थितको श्री आधारभुत विद्यालय रामनगर गुलरियामा प्रधानाध्यापक, अभिभावक र राजनितिककर्मीहरुको चरम लापर्वाहीले विद्यालय अहिले विद्यार्थी विद्यार्थी विहिन बनेका छन्।

 

 

श्री आधारभुत विद्यालय रामनगर गुलरीयामा करिव २५ वर्ष देखि कार्यरत शिक्षक श्याम कुमार यादव (हाल प्रधानाध्यापक)को चरम राजनीतिक चलखेलका कारण विद्यालय विद्यार्थी विहिन बनेका हुन्। कुनै समय सयौँको संख्यामा विद्यार्थी रहने यो विद्यालयामा अहिले खोजखाज पारेर १०÷१२ जना विद्यार्थी भेला पार्नु पर्ने अवस्था छ। २०७३ पछि श्याम कुमार यादवले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न थालेपछि विद्यालयको अवस्था खस्कदै गएको स्थानीयहरु बताउँछन्। उनी २०५५ सालदेखि यसै विद्यालयमा कार्यरत छन्। अर्का शिक्षक सावित्रि शर्मापनि यहि विद्यालयमा २०५३ सालबाट काम गरिरहेका छन्।

 

स्थानीय अमलेश यादवका अनुसार पहिला राम्रै विद्यार्थी उपस्थित हुन्थ्यो तर, पछिल्ला दिनमा शिक्षकहरु नै विद्यालय नआउने भएपछि विद्यार्थी कम हुँदै गएको हो। उनले भने, ‘बाल बालिकाकालाई विद्यालय पढ्न पठाउने हो। अहिले जम्मा दुईजना शिक्षकहरु छन्। उनीहरु पनि नियमित नआउने भएपछि गाउँलेले अन्यत्र विद्यार्थी पठाउन थाले अहिले विद्यालयमा विद्यार्थीको अवस्था शुन्य छ।’

 

 

‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाई हुन्थ्यो, एक सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत थिए। तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भने, ‘हामीले विद्यालयय सुधारका लागि विद्यालय प्रशासनसँग पटक पटक आग्रह गरिसक्यौं। तर, हाम्रा कुराको सुनुवाइ नै भएन, अहिले शिक्षकहरुलाई मनलागेको दिन गाउँ चाहारेर ल्याएको विद्यार्थीसँग एकछिन अलमलिने गरेको छु।’

 

कोरोनापछि ३ वर्ष विद्यालय बन्द रहे। त्यसवेला शिक्षकहरुले घरै बसेर तलव खाए। यो कुरा प्रअ यादव आफै स्वीकार गर्छन्।विद्यालय धारासायी हुने अवस्था देखेपछि शैक्षिक शत्र २०८०मा स्थानीय सामाजिक अगुवा र जनप्रतिनिधीले ५५÷६० जना विद्यार्थी खोजेर भर्ना गराएपनि प्रअको लापर्वाहीले विद्यार्थी १२÷१५ जनामा झरेको वडा अध्यक्ष रामदयाल यादबले बताए। उनले भने, ‘हामीले विद्यालयलाई सुधार गर्न धेरै प्रयास गर्यौं। एक जना स्वयम्सेवक (निःशुल्क)शिक्षक राखेर धेरै मेहनत पछि विद्यार्थी जम्मा गरायौं। प्रअले ती शिक्षकमाथि पनि अनावश्यक आरोप लगाउन थालेपछि आउन छाडे अहिले फेरी उही अवस्थामा पुगेको छ।’

 

 

उनले २५ वर्ष भन्दा लामो समयदेखि यहीँ विद्यालयमा बसेका शिक्षकहरु छन्। उनीहरुको सरुवा नभएसम्म विद्यालयमा सुधार आउने मैले देखेको छैन। उनले भने, ‘मैले यस विद्यालयको सुधारको लागि कम्तीमा प्रअको सरुवा गर्नुपर्ने नगर शिक्षा समितिमा माँग गरेको छु।’यस विद्यालयमा विद्यार्थीसंख्या न्यून छ। आएका विद्यार्थीको हाजिरी समेत हुँदैन। आधारभुत विद्यालयका लागि पुग्ने भौतिक पूर्वाधार भएपनि कालो पाटी (ब्लयाक वोर्ड) नभएको र धुलाम्मे कक्षाकोठामा पढाउने गरेको विद्यार्थीहरु बताउँछन्। ५५ जना विद्यार्थीको इमिस भरेको भएपनि अहिले १५ जनाको हाराहारीमा विद्यार्थी आउने गरेको प्रअ यादव आफै बताउँछन्।

 

 

प्राधानाध्यापक यादवले भने साउनमै विद्यार्थी हारिजी रजिष्टर चोरी भएकाले विद्यार्थीको हाजिरी हुन नसकेको बताए। विद्यालयमा तलव बाहेकका रकम नआएकोले नयाँ रजिष्टर खरिद गर्न नसकिएको प्रअको भनाई छ। उनले थपे, ‘विद्यालयको बैंक खाता म र अर्का शिक्षक शावित्री शर्माको नाममा छ। राजनीतिक प्रभावका कारण उहाँले तलवभन्दा अन्य रकम निकासामा हस्ताक्षर नगरिदिंदा पनि समस्या हुने गरेको छ।’

 

राजनीतिक खिचातानीले दशक देखि विद्यालय व्यवस्थापन समिति विहिनराजनीतिक खिचातानी र विवादका कारण पछिल्लो एक दशकदेखि  विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन। कहिले प्रअले चाहेको जस्तो व्यक्ति नपाउँदा त कहिले अभिभावकले भनेजस्तो व्यक्ति छनोट हुन नसक्दा व्यवस्थापनि समिति गठन हुन नसकेको स्थानीय युवाहरु बताउँछन्।

 

प्रअले आफूले पटक पटक कोशिस गरेपनि विवादका कारण विद्यालय व्यवस्ववथापन समिति गठन नभएको स्वीकारे। स्थानीय बुद्धिजिवि र अभिभावक भने प्रअको चरम रानीतिक हठका  कारण विद्यालय धारासायी भएको बताउँछन्। विद्यालयमा शिक्षक,  अभिवावक, स्थानीय राजनितिकर्मीहरुले विद्यालयलाई राजनीति गर्ने प्रयोगशाला बनाएपछि शैक्षिक क्षेत्रको अवस्था ओझेलमा परेको जानकारहरु बताउछन्। विद्यालयलाई राजनितिक थलो बनाएपछि समुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किदै गइरहेको उनीहरुको भनाई छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान (सुनसरी),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको हो ।   निर्वाचन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।   नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९