कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्च द्रारा आयोजना हुन गहिरहेको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० आयोजना हुने भएको छ।
यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार महोत्सवमा बिक्रि भएका टिकटमा प्रति टिकट रु १ रुपैया बर्दगोरियामा रहेको असाहेका लागि सहयोगी हात नेपालको सहारा घरलाई दिने बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न ।
महोत्सवमा राष्ट्रिय तथा सुदूरपश्चिम प्रदेशका कलाकारको बेजोड प्रतुती संगै स्थानीय कलाकार लाई पनि मौका दिने आयोजकले जानकारी दिएको छ।
२०४२ सालबाट सेती लोकमार्गको अवधारणा अघि सारिएको भए पनि सरकारकाले केन्द्रमा राखेर यसको काम अघि बढाउन नसकेको नचाहेको अवस्थामा हरेक वर्ष लाग्ने यो महोत्सवले सरकारको ध्यानाकर्षण गरी यो मार्ग निर्माणको काममा दवाव पुग्ने उद्देश्य रहेको छ ।
महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ एक सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । महोत्सबमा थारु गाउँ पनि रहने बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चका महासचिब लोकु सिंह ठकुरीले जानकारी दिएका छन्।





























































































































































