रौतहटमा एसईई परीक्षा मर्यादित बनाउन प्रशासन सक्रिय ५०० बढी मोबाईल बरामद

रौतहट। एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरूबाट ५०० थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन  सिडियो हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा गरेको अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो।

 

केन्द्राध्यक्ष, निरीक्षक, अभिभावक परीक्षार्थीको मिलीमतोमा परीक्षामा अमर्यादित गतिविधि भइरहेको सूचनाको आधारमा गौरस्थित जुद्द मावि, मावि टिकुलिया, सरवस्ती मावि पिपरा, मावि ब्रहमपुरी, मावि मूडवलवा, शंकर मावि सरमुजवा, ब्रहमज्योति मावि लौकाहा, मावि गरुडा, मावि समनपुर, मावि कटहरिया, कंकाली मावि जंगलसैया, मावि बरजगवा, जयकिसान मावि धरहरी, मावि जुडिबेलालगायत जिल्लाको १८ स्थानीयतह अन्तर्गत ३१ वटा परीक्षा केन्द्रमा अनुगमनको क्रममा परीक्षार्थीबाट ५०० थान भन्दा बढी मोबाइल बरामद गरिएको टोलीमा सहभागी जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

 

बरामद मोबाइलहरू जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको तथा एसईई परीक्षा सकेपछि सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने प्रवक्ता गिरीले जानकारी दिएकी छन्। शुक्रबार पहिलो पटक मोबाइल फेला परेका परीक्षार्थी र केन्द्राध्यक्ष लगायत निरीक्षकहरूलाई सम्झाई बुझाई अब परीक्षा हलभित्र मोबाईल फोन नल्याउन सम्झाई बुझाई गरिएको छ, अब पुनः अनुगमनको क्रममा फेला परेमा परीक्षा एन अनुसार कार्वाही गरिने प्रहरी प्रवक्ता डिएस्पी गिरीले चेतावनी दिएकी छन्।

 

रौतहट स्थित जारी एसईई परीक्षामा कारागार र प्रहरी हिरासतबाट एक एकजना परीक्षार्थी सहभागी भएका छन्। एकजना जिल्ला कारागार गौर र अर्का एकजना परीक्षार्थी लागूऔषध मुद्दामा रहेका इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामा प्रहरीको हिरासतबाट एसइईमा परीक्षामा सहभागी भएका छन्। त्यस्तै एक जना दृष्टिविहीन परीक्षार्थी पनि परीक्षामा सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटले जनाएको छ।

 

रौतहटमा ४५०८ छात्रा र ४९६१ छात्र गरि जम्मा ९४६९ परीक्षार्थी रहेकोमा शुक्रवार भएको अनिवार्य नेपाली विषयको परीक्षामा १२० छात्र र १४७ छात्रा गरी कुल २६७ परीक्षार्थी अनुपस्थित भएको शिक्षा समन्वय ईकाई प्रमुख रामबिनय कुमार सिंहले जानकारी दिएका छन।माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक ) को पूर्वनिर्धारित समय तालिका अनुसार  जिल्लाको ३९वटा परीक्षा केन्द्रहरूमा एसईई परीक्षा सञ्चालन गरिएको शिक्षा समन्वय ईकाई रौतहटले जनाएको छ।

 

यस पटकको एसईई परीक्षामा बिगतको जस्तो परीक्षार्थीलाई चिट पुर्याउनुको सट्टा केही शिक्षक, अभिभावक तथा जानकारले मोबाइल फोनमा प्रश्नपत्र मगाउने गरेका छन्।उक्त प्रश्नको उतर लेखेर उनीहरूले छुट्टाछुट्टै बनाएको ग्रुप मार्फत एकैपटकमा सैयौं परीक्षार्थीको हातमा पुर्याइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विगतको केही वर्षदेखि रौतहट स्थित एसईई परीक्षा सञ्चालन हुँदा अभिभावकहरूले खासै ध्यान दिएका थिएनन्। तर यस पटक जिल्लाको प्रायः सबै परीक्षा केन्द्रको छेउछाउमा परीक्षा हेर्ने अभिभावकहरुको भीड लागेको देखिएको छ।

 

वर्षभरी बिद्यालयहरुमा पढाई नहुँदा स्थानिय प्रशासन तथा जनप्रतिनिधिले चासो नराख्नेहरु अहिले अनुगमनको नाउँमा परीक्षार्थीलाई अनावश्यक दुःख दिने गरेको कतिपयले विरोध समेत जनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

जनकपुरधाम,  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ । मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् । यसैगरी बजारका विभिन्न...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

उन्नत जातका धानखेतीतर्फ आकर्षण

गलेश्वर (म्याग्दी)  गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ । करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया,...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९