हैटीमा चर्चित अमेरिकन युटयुबरको अपहरण, फिरौंती मागियो ६ लाख डलर

न्युयोर्क । एक प्रसिद्ध अमेरिकी युटयुबर हाइटीमा अपहरण परेका छन् । हैटीका एक गिरोह नेता अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन । अमेरिकी युटयुबर एडिसन पियरे मालौफ अपहरणमा परे पछि उनलाइ छुटाउने प्रयास भइरहेको छ । हाइटीको शासक भएको दाबी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाइ अरबी भनेर पनि सम्बोधन पनि गरिने गरिएको छ ।

 

न्युयोर्क पोस्टका अनुसार, जर्जियामा आधारित युटयुबर हैटीको सबैभन्दा कुख्यात गिरोह नेता जिमी बार्बेक चारिजियरको अन्तर्वार्ता लिन हिंसाग्रस्त देशको यात्रा गरेका थिए । गत मार्च १४ मा अमेरिकी युटयुबर हाइटीमा आइपुगेको मात्र २४ घण्टा पछि उनी र उनका एक सहयोगीलाइ माभोजो गिरोह सदस्यहरूले कब्जा गरेको जनाइएको छ ।

 

समाचार अनुसार ती अमेरिकी युट्युबरलाई ६ लाख डलर फिरौतीका लागि अपहरण गरिएको छ । उनको रिहाइको लागि ४० हजार अमेरिकन डलर पहिले नै भुक्तान गरिएको छ तर अपहरणकर्ताहरूले मालोफको सुरक्षित रिहाइको लागि ठूलो रकमको माग गरिरहेका छन्। अपहरण गरिएका युट्युबर मालोफका युट्युबमा १४ लाखभन्दा बढी फलोअर्स छन् । उनी ती खतरनाक ठाउँहरू अन्वेषण गर्नका लागि प्रसिद्ध छन्, जहाँ कोही पनि जाँदैनन्।

अमेरिकी यु टयुबर बेपत्ता भएको खबर अनलाइन समाचार च्यानलमा फैलिए पछि उनका साथी स्ट्रिमर लेलेमले आफ्नो साथी अपहरणमा परेको पुष्टि गरेका छन् । ‘दुई हप्तासम्म यो आफैंमा राख्ने प्रयास गरियो तर अहिले यो समाचार जताततै फैलिरहेको छ,’ लाललेमले टविटर पोस्टमार्फत भने । उनले भने, ‘ण्ह, अरबीलाई हाइटीमा अपहरण गरिएको छ र हामी उनलाई रिहा गर्ने प्रयास गरिरहेका छौं ।’

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९