
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका–३ फलेबिसौना गाउँका एक पुरुष नेपाल सरकारलाई ५ बुँदे माग राख्दै अनशन बस्ने भएका छ । महाकाली–मेची शुद्ध आहार अभियान मुक्ति दीप नागेश्वरी शिव मन्दिरकर्ता मोहन सिंह टमट्टा पानी मात्र पिएर अनशन बस्ने भएका हुन् । शनिवार दीप नागेश्वरी शिव मन्दिर फलेबिसौना परिसरमा पत्रकार सम्मेलन गर्दे उनले आफू नयाँ वर्ष वैशाख २ गते काठमाण्डौँको संसद् भवन बाहिर पानी मात्र पिएर अनशन बस्न लागेको जानकारी दिएका छन् ।
नेपालमा शुद्ध आहार धर्मको घोषणा हुनु पर्ने, नेपालमा बली प्रथाको अन्त्य हुनु पर्ने, गौमाताको गौचरण आरक्षण हुनुपर्ने, नेपाली भूमिमा सीमा पर्खाल हुनुपर्ने र मानसिक असन्तुलन भएका मानिसहरूको व्यवस्थापन हुनुपर्ने उनले नेपाल सरकार माग राखेका छन् । मोहन सिंह टमट्टा २ सय ३३ दिन सम्म खाना नखाई बसेका व्यक्ति हुन् ।
१९ दिई सक्दा समेत आफूले खाना नखाएको र पानी मात्रै पिएर बाचेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । सरकारले दबाब दिन आफूले अनसन सुरु गर्न लागेको उनले बताए । आफूले राखेका ५ बुँदे माग सरकारले समाधान गर्ने उनले विश्वास समेत दिएका छन् । केही महिना अगाडी उनी बौनिया बाट पशुपति मन्दिर सम्म ८ लाख ४० हजार पाइला हिटेर पुगेका थिए ।