इयु राष्ट्रवाट शरणार्थी फर्काउन मिल्ने गरी बनाइयो नयाँ कानुन

ब्रसेल्स । युरोपेली संसदले ईयूको आप्रवासन र शरणसम्बन्धी नियममा ठूलो सुधार गरेको छ । लामो छलफल र बार्ता पछि इयुले शरण र आप्रवासन सन्धिका बारेमा २०१५ देखि सुरू गरेको छलफल टुंग्याउँदै नयाँ सुधार अनुमोदन गरेको हो । जुन यो दुई वर्षमा लागू हुनेछ।

 

शरण प्रक्रियालाई गति दिन र अनियमित आप्रवासीहरूलाई स्वदेशमा फर्काउनको लागि नयाँ नियम बनाएको हो । जुन नयाँ नियमले इयु सदस्य राष्ट्रहरूलाई शरणार्थीहरूको लागि जिम्मेवारी बाँड्न पनि सजिलो हुनेछ ।

 

गत वर्षहरूमा लगभग ३ लाख ६० हजार मानिसले गैरकानूनी रूपमा इयुको सिमानामा प्रवेश गरेका थिए, जुन जुन २०१६ यताको उच्च संख्या हो। माइग्रेसन सम्झौतालाई दुई मुख्य राजनीतिक समूह युरोपेली पीपुल्स पार्टी (ईपीपी) र प्रगतिशील गठबन्धन समाजवादी र एस एन्ड डिले समर्थन गरेका छन ।

 

युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले भने कि यसबाट एकता र जिम्मेवारी बीचको सन्तुलन हुुने भएकाे छ । यद्यपि, वामपन्थी र अति दक्षिणपन्थी समूहहरूले सम्झौताको विरोध गरेका छन । साथै, धेरै गैरसरकारी संस्थाहरूले पनि याे सुधारलाई अस्वीकार गरेका छन् । एम्नेस्टी इन्टरनेशनलले चेतावनी दिदै भने, इयु राष्ट्रमा लागु हुने नयाँ नियमले शरणार्थीहरूको लागि थप पीडा दिनेछ ।

 

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९