क्युबालाइ जासुसी गर्ने ‘हाइप्रोफाइल अमेरिकन कुटनीतिक’लाइ १५ बर्ष जेल सजायँ

न्युयोर्क । क्युबाका लागि जासुसी गर्ने एक अमेरिकन कुटनीतिकलाइ १५ बर्षको जेल सजायँ सुनाइएको छ ।  बोलिभियाका लागि पुर्ब अमेरिकी राजदूतको रूपमा सेवा गरेका एक पूर्व  कूटनीतिज्ञलाई क्युबाको एजेन्टको रूपमा काम गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको हो ।

 

अमेरिकन सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय भिक्टर म्यानुअल रोचाले ४० वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा क्युवाली सरकारलाई जानकारी दिएको पुष्टी भएको जनाएका छन ।गत फेब्रुअरीमा रोचाले मियामी अदालतमा आफु दोषी नभएको भन्दै दिएको निवेदनमा परिवर्तन गरेर आरोप स्विकार गरेका छन् । शुक्रबार जेलको लुगा लगाएका रोचाले मियामीको संघीय अदालतमा अन्तत भने, ‘म दोषी हुँ।’ जासुसी मुद्दामा जेल सजायँ भोगेको यो घटना अमेरिका र क्युबाबीच अहिलेसम्मकै उच्च प्रोफाइल हो। समाचार अनुसार १५ बर्षको जेल सजायँको अतिरिक्त रोचाले ५० हजार अमेरिकन डलर पनि जरिवाना पनि तिर्नु पर्नेछ ।

 

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रोचाको अपराधलाई ‘विदेशी एजेन्टद्वारा अमेरिकी सरकारको सबैभन्दा उच्च पहुँच र लामो समयसम्म चल्ने घुसपैठहरू मध्ये एक’ भनेर उल्लेख गरेका छन । कोलम्बियामा जन्मेका हार्वर्ड शिक्षित रोचाले २०१९ र २०२२ का बीच बोलिभियाका लागि अमेरिकी राजदूतको रूपमा सेवा गरेका थिए । साथै, अर्जेन्टिना, होन्डुरस, मेक्सिको र डोमिनिकन रिपब्लिकमा अन्य विभिन्न कूटनीतिक पोस्टिङमा पनि काम गरेका थिए ।

 

साथै, राष्ट्रिय सुरक्षा परिषदसहित अन्य सरकारी भूमिकाहरूमा पनि काम गरेका थिए । आफ्नो कूटनीतिक सेवा समाप्त भएपछि रोचाले कम्युनिष्ट क्युबा लगायत सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियनको निरीक्षण गर्ने अमेरिकी सेनाको दक्षिणी कमाण्डको सल्लाहकारको रूपमा सेवा गरेकाे अनुभव पनि उनीसँग रहेकाे छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९