इजरायल माथी हमला गरेकोमा इरानी संसदमा उत्सब, तत्काल थप हमला तत्काल नगर्ने

तेहरान । हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्द सुरू भएको हो । यति मात्र होइन, इरानले इजरायल माथी आक्रमण गरे पछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो भने देशैंभरीका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्बजनिक भएका छन् ।

 

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको थियो । यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर,  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आक्रमणलाई रोकिएको बताएका छन् । इजरायलले लेबनानमा हमला गरेर हिजबुल्लाहसँग जोडिएको संगठनका आधारहरू ध्वस्त गरेको दाबी गरेको छ ।

 

यी सबै घटनाका बीचमा इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीको पहिलो प्रतिक्रिया आएको छ । उनले यो अपरेशन पूर्ण रुपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन । उनले थप हमला नगर्न र गरेमा परिणाम भोग्न इजरायललाई पनि कडा चेतावनी दिएका छन् ।

 

इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीले भने, ‘अपरेसन (इजरायलमा हवाई हमला) सफलतापूर्वक सम्पन्न भयो। इरानले यो कारबाही पूरा भएको ठान्दछ र यसलाई अझै जारी राख्न चाहँदैन। यद्यपि, यदि इजरायलले जवाफमा केही गर्छ भने हाम्रो अर्को अपरेशन यो भन्दा धेरै ठूलो र व्यापक हुनेछ।’

 

इजरायलमा भएको हवाई हमलापछि इरानको संसदमा उत्सव मनाइएको थियो । यससँगै इजरायललाई चेतावनी पनि दिइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार संसदका सभामुख (मजलिस) ले इजरायल वा यसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९