बेमौसमी बर्षाले पाकिस्तानमा ४९ जनाको मृत्यु

लाहौंर । पाकिस्तानमा लगातारको भारी वर्षा र चट्याङका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार देशको दक्षिण–पश्चिम क्षेत्रमा लगातार परेको मुसलधारे वर्षाका कारण आपतकालीन अवस्था घोषणा गरिएको छ।

गहुँ काट्ने क्रममा चट्याङ लागेर केही किसानको मृत्यु भएको छ भने वर्षाका कारण उत्तर पश्चिम र पूर्वी पञ्जाब प्रान्तमा दर्जनौं घर भत्किएका छन् । प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता अरफान काथियाले पञ्जाबमा २१ जनाको मृत्यु भएको बताए । उनका अनुसार जहाँ यस हप्ता थप वर्षा हुने सम्भावना कायमै रहेको छ ।

 

अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता खुर्शिद अनवरले उक्त क्षेत्रमा भारी वर्षाका कारण २१ जनाको मृत्यु भएको बताए। राजधानी इस्लामावादमा पनि मुसलधारे वर्षा भएको छ भने दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा ७ जनाको मृत्यु भएको छ। उत्तर पश्चिमी सहर पेशावर र बलुचिस्तानको राजधानी क्वेटामा सडकहरू बाढीले क्षतिग्रस्त भएका छन ।

प्रधानमन्त्री शाहबाज शरीफले यस प्राकृतिक प्रकोपमा आफूले अधिकारीहरूलाई जनतालाई राहत सहयोग उपलब्ध गराउन आदेश दिएको बताए। उनले वर्षाले पाकिस्तानको जलाशयमा सुधार आउने बताए । पाकिस्तानी वातावरणविज्ञ राफे आलमले अप्रिलमा यस्तो भारी वर्षा हुनु असामान्य भएको बताए। उनले दुई वर्षअघि मार्च र अप्रिलमा पाकिस्तानमा तातो लहर आएको र अहिले पानी परेको देखेको बताए ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९