सरकारी वकील कार्यालय बाराको सेवा प्रवाहमा सुधार

बारा ।   बाराको कलैयामा रहेको जिल्ला सरकारी वकीलको कार्यालयमा हुने सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ । कार्यालय प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश खत्रीले जिम्मेवारी सम्हालेपछि कार्यालयबाट प्रदान हुने सेवामा सुधार देखिन थालेको हो । विगतमा सर्वसाधारणले सहजै भेट्न नपाउने यस कार्यालयका प्रमुखसंग अहिले सेवाग्राहीहरूले प्रतक्ष भेटेर परामर्श सेवासमेत लिने गरेका छन । कार्यालयले सेवाग्राहीलाई लक्षित गरेर जिल्लाका गाउँगाउँमा नियमित रुपमा कानुनी परामर्श सेवा संचालन समेत गर्न थालेपछि सर्वसाधारण खुसी बनेका छन ।यसअघि खानेपानीको अभाव र अव्यवस्थित शौचालयका कारण कार्यालयमा सेवा लिन आएका सर्वसाधारण अनेत्र जानुपर्ने बाध्यता रहेकोमा अहिले कार्यालयले सेवाग्राहीका निम्ति प्रतिक्षालय, शौचालय र खानेपानीको सुविधाको समेत व्यवस्था गरेको छ । ‘केही वर्षअघिसम्म कार्यालयबाट प्रदान गरिने सेवा र भौतिक संरचना पनि त्यति व्यवस्थित थिएन, सेवाग्राही कृष्ण लामाले भने, अहिले सेवासंगै कार्यालयको भौतिक संरचनामा पनि सुधार आएको छ ।’
प्रभावकारी सेवाको लागि कार्यालयमा सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न भौतिक संरचनामा पनि सुधार गरिएको कार्यालय प्रमुख न्यायधिवक्ता खत्रीले बताए । उनले मधेस प्रदेश सरकार र जिल्लाका स्थानीयपालिकाहरुसंग समन्वय गरेर थुनुवा कक्षसहित, शौचालय, प्रतिक्षालय र कार्यालयको कम्पाउण्ड वाल जस्ता संरचना तयार पारिएको जानकारी दिए ।जिल्लाको जीतपुरसिमरा, महागढीमाई लगायतकापालिकाले कार्यालयको भौतिकपूर्वाधार निर्माणमा सहयोग गरेको उनले बताए । ‘काम नपरी कार्यालयमा कोही पनि आउदैनन्, सरकारी वकील खत्रीले भने, समस्यामा परेर आएका सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छौं ।’ उनले त्यसको लागि आवश्यक भौतिक पुर्वाधार निमार्ण गरिएको पनि बताए । हाल पाँच कठ्ठा ११ धुर जग्गामा बनेको भवनको चार किल्लामा पर्खाल, गेट र डिजिटल डिसप्ले वोर्ड निमाण सम्पन्न भएको छ । यस्तै सेवाग्राहीको निम्ति चिसोतातो खानेपानी, अपाङ्ग मैत्री शौचालयको समेत व्यवस्था गरिएको छ । कार्यालयले पीडित पक्षलाई यथासक्य चाढो न्याय दिने गरी काम गर्ने गरेको पनि प्रमुख खत्रीले बताए । यसको लागि समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरिएको त्यसको प्रभावमा धेरै पीडितले न्याय पाएको उनले बताए । सरकारी कार्यालयको काम कारबाहीलाई व्यवस्थित गरी नागरिकलाई सहज र सुभल रुपमा सेवा प्रवाह गर्ने वातावरण सृजना गर्न आफूले ध्यान दिदै आएको कार्यालय प्रमुख खत्रीको भनाई छ । उनले महिला र बालबालिकाको निम्ति विशेष रुपमा काम गर्ने गरेको पनि जानकारी दिए । त्यस्तै गुणस्तरीय सेवाको लागि कार्यलयमा अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको सुविधा हुनुपर्ने उनले बताए । हाल अव्यवस्थित अभिलेखालयलाई व्यवस्थित बनाउने कार्य समेत शुरु गरिएको उनले सुनाए । ‘पुराना शैलीमा हातमा लेखिएका मुद्दा हराउने, ढडा्मा फेला पार्न समय लाग्ने, नागरिकले भनेकै समयमा सेवा प्रवाहमा ढिलाई हुने गरेको छ, उनले भने, छिटो छरितो सेवा प्रवाह गर्न तथा अभिलेखलाई चुस्त पार्न अनलाईन प्रणाली समेत शुरु गरिएको छ ।’
बालबालीका मुद्दा दिशान्तर

बालबालिकाका पाँच मुद्दालाई दिशान्तर सरकारी वकीलको कार्यालय बाराले दिशान्तर गरेको छ । बारा प्रहरीले पाँच मुद्दामा करिब एक दर्जन बालबालिकालाई मुद्दा दर्ता गर्न सरकारी वकील कार्यलयमा पठाईएको थियो तर सरकारी वकील कार्यालयले बालबालिकाको मुद्दामा बालकलाई बाल न्याय सम्पादन कार्यविधि २०७६ मा भएको सुबिधा अनुसार मुद्दा दिशान्तर गरेको हो । यस बाहेक समेत यस कार्यालयले बालबालिकालाई पक्राउ गरेर म्याद थप गर्ने ल्याउदाँ समेत म्याद थप गर्न मिलेन भनेर दर्जनौँ म्याद थप समेत नगरि फिर्ता पठाउदै आएको कार्यालयका प्रमुख खत्रीले जानकारी दिए ।     यस्तै वकील कार्यालयले सजायमा छुट दिने मागदावी सम्बन्घी निर्देशिका २०८० लागुगर्दै मुद्दामा सहयोग गर्ने वादी तथा प्रतिवादीलाई २० प्रतिशत सम्म सजायमा छुटका निम्ती समेत सिफारिस गरेको छ ।

 

 

 

 

निर्देशिकाले सहयोग गर्ने वादी वा प्रतिवादीले मुद्दामा प्रमाण जुटाउनलगाएतमा सहयोग पुर्याएका व्यक्तीलाई २० प्रतिशत सम्म सजाय छुटका निम्ती बारा जिल्ला अदालतमा सिफारिस गर्ने गरेको प्रमुख खत्रीले जानकारी दिए ।‘हामी बालबालिकाको हक र भविष्यका निम्ती समेत चिन्तित छौँ त्यसैका कारण हालसम्म हामीले पाँच मुदा दिशान्तर गरेको हौँ भने अदालतमा दर्ता भएका मुद्दामा प्रमाण जुटाउन प्रहरी र सरकारी वकील कार्यालयलाई सहयोग गने व्यक्तीलाई समेत सजाउ छुटका निम्ती समेत सिफारिस गर्ने गरेका छौँ ।’, प्रमुख खत्रीले भने ।

 

 

 

पहिलो पटक बालिकामाथि जबरजस्ती करणी मुद्दामा अदालतबाट क्षतिपूर्ति प्रदान 

बारामा १२ वर्षीय वालिकालाई सामूहिक करणी गरेको घटनामा जिल्ला सरकारी वकिल कार्यालय बाराले पीडितलाई क्षतिपूर्ति दिएको थियो । जिल्ला सरकारी वकीलको कार्यालयको सिफारिसमा बारा जिल्ला अदालतबाट भएको फैसलाका आधारमा वालिकालाई पीडित राहत कोषबाट २ लाख ५० हजार क्षतिपूर्ति उपलब्ध गराइएको हो । पीडितले दायर गरेको अभियोग पत्रका जिल्ला सरकारी वकीलको कार्यालयले माग गरेको अनुसारनै जिल्ला अदालत बाराले सरकारी वकिल कार्यालय मार्फत क्षतिपूर्ति उपलब्ध गराउन पत्राचार गरेको थियो ।

 

अदालतको परिपत्रका आधारमा सरकारी वकिल कार्यालयले क्षतिपूर्ति रकम उपलब्ध गराएको थियो । २०७९ बैशाख २० गते जीतपुर सिमरा वडा नं १ की १२ वर्षीय वालिकालाई घरमा खाना पकाइरहेको अवस्थामा सिलिप पासवान सहित ४ जनाले हुलास स्टिल पछाडि रहेको थानिमाई सामुदायिक जङ्गलमा सामुहिक बलात्कार गरेको थिए ।

‘जबरजस्ती करणी घटनामा राज्य कोषबाट पीडितलाई क्षतिपूर्ति दिन सक्ने कानुनी व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण यसअघि कार्यान्वयनमा आउन सकेको थिएन ।’ जिल्ला न्यायधिवक्ता कैलाश खत्रीले भने, पीडितलाई क्षतिपूर्ति दिन सक्ने कानुनी व्यवस्था भए पनि विगतमा कार्यान्वयनमा आउन नसकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

काठमाडौँ, परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा...

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ ।   स्टारलिङ्कले कम–कक्षीय...

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

चितवन,  स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस...

आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९