इरानी समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका

तेहरान । इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ। काल्सो सैन्य बेस बगदाद देखि ५० किलोमिटर छ। सुरक्षा स्रोतले विस्फोटको कारण हवाई आक्रमण भएको बताएको छ । यस हमलामा एक १ लडाकुको मृत्यु भएको छ, जबकि ६ सैनिक घाइते भएका छन्, जसलाई हिला शहरको अस्पतालमा भर्ना गरिएको छ।

 

पीएमएफले एक विज्ञप्तिमा भनेको छ, ‘विस्फोटका कारण आधारमा रहेका सामानमा क्षति पुगेको छ। केही व्यक्ति घाइते पनि भएका छन्।’ यस विषयमा एक टोलीले अनुसन्धान गरिरहेको पनि उसले बताएको छ । हवाई हमलाको पछाडि कसको हात रहेको भन्ने अहिलेसम्म थाहा नभएको सुरक्षा स्रोतले जनाएको छ । एक अमेरिकी अधिकारीले इराकमा कुनै पनि अमेरिकी सैन्य गतिविधि नभएको बताएका छन् ।

 

इजरायलले इरानमाथि आक्रमण गरेको थियो । इरानले केही दिनअघि गरेको ड्रोन मिसाइल आक्रमणको जवाफमा यो आक्रमण भएको हो। यही कारणले गर्दा अहिले इराकको सैन्य शिविरमा भएको आक्रमणमा इजरायलको हात रहेको बताइएको छ । इराक इरानसँग धेरै नजिक छ। साथै, यसको पनि इरानी सेनासँग घनिष्ठ सम्बन्ध छ, जसले संकेत गर्दछ कि इजरायलले सन्देश पठाउन आक्रमण गरेको हुन सक्छ।

 

पीएमएफमा मिलिशियाहरूको एक भिन्न समूहको रूपमा सुरु भयो, जसमध्ये अधिकांश इरानको नजिक थिए। इराकका सैन्य अधिकारीहरूले पछि उनीहरूलाई औपचारिक रूपमा सुरक्षा बलको रूपमा मान्यता दिएका छन् । इराकमा इस्लामिक स्टेटसँग लड्न पनि पीएमएफले महत्त्वपूर्ण भूमिका खेलेको थियो। (पीएमएफमा समावेश समूहहरूले धेरै महिनादेखि इराकमा अमेरिकी सेनामाथि रकेट र ड्रोन आक्रमणहरू पनि गरेका थिए तर ती फेब्रुअरीदेखि प्रतिबन्धित छन्।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९