आदर्शमा चारदोवाटो कायम गरिराख्न माग

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा चारदोवाटो कायम गर्न माग गरिएको छ । शनिबार आदर्श चोकमा खुल्ला जानकारी सभा गरी यसबारे सरोकारवालाहरुलाई जानकारी गराइसकेको जनायो । आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ डाँंगाचा आदर्श भक्तपुर गठन गरेका उनीहरुले सोही समितिको आयोजनामा चोकमा सभा गरेको हो । सिपाडोल मुलबाटो र भक्तपुर नगरपालिका वडा नं ५ र ७ वीचको चारदोवाटो खुल्ला राख्न मागसहित आफूहरुले गरेको र्सघर्षहरुबारे टोलबासीहरुलाई जानकारी दिन यस सम्वन्धी जानकारी सभा भएको हो ।

 

यसअघि स्थानीयले आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न मागसहित  आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८१ डाँंगाचा आदर्श भक्तपुर गठन गरेका थिए । आदर्श चोकलाई चारदोवाटो नै कायम गरिराख्न माग गर्न समिति गठन गरिएको हो ।

 

समितिले आदर्श चोकलाई राजमार्ग विस्तारपछि चोक नभई बार लगाएर आवतजावत गर्न तीन तीन सय मिटर जानुपर्ने बनाई आवातजावत वन्दको योजना बनाएपछि चोक वन्द नगर्न माग गर्दै आएको छ । यही शिलशिलामा भएका काम कुराहरुबारे जानकारी दिन सभा गरेको हो । समितिको अध्यक्षमा भक्तपुर नगरपालिका वडा नं ४ का निवर्तमान अध्यक्ष कुमार चवाल रहेका छन् । समितिमा सूर्यविनायक नगरपालिका वडा नं ८ का स्थानीयबासी मणिरत्न बज्राचार्य सचिव रहेका छन् । कार्यसमिति १५ सदस्यीय रहेको छ ।

 

सभामा वागमति प्रदेशका सांसद किरण थापा, समितिका अध्यक्ष कुमार चवाल, सचिव मणिरत्न बज्राचार्यलगायतले चारदोवाटो कायम गर्न समितिले गर्दै आएका विभिन्न संघर्षका कार्यक्रमहरुबारे जानकारी गराएका थिए । अरनिको राजमार्ग अन्तर्गर्त सूर्यविनायदेखि धुलिखेलसम्मको सडक विस्तार कार्य हाल जारी छ । यही क्रममा सूर्यविनायकदेखि जगातीकोवीचमा रहेको आदर्श चोकमा चारदोवाटो बन्द गरी आवतजावत गर्न नदिने गरी बार लगाउने इष्टमेट भएको जनाइएको छ ।

 

समितिका अध्यक्ष कुमार चवालका अनुसार चारदोवाटो बन्द नगर्न माग गर्दै आयोजनाको कार्यालय धुलिखेल, भक्तपुर र सूर्यविनायक नगरपालिकाका प्रमुखहरुलगायतका सरोकारवालाहरुलाई ध्यानाकर्षण बुझाइसकिएको छ । साथै सांसद प्रेम सुवालमार्फत् संसदमा पनि यस विषयमा आवाज उठिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९