
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली विश्वासको मत लिदा संसद अवरोध गरेको घटना कांग्रेसलाई मुल्य चर्को पर्ने चेतावनी दिएका छन् ।प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यो मुल्य चर्को पर्ने चेतावनी दिएका हुन् ।
उनले भने- तपाईहरुले बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक तपाईहरुलाई साथ दियो, त्यो प्रधानमन्त्रीलाई संबिधान अनुसार विश्वासको मत दिन नदिएर तपाईहरुले नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । आजको तपाइँहरुको यो गतिबिधि राम्रो सँग कलंकको रुपमा स्थापित हुने छ ।’