
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसदको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्रीले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सहकारी ठगि प्रकरणमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलमा छलफल जारी रहेपनि सहमति बन्न सकेको छैन ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।