गुणस्तरहीन सव–बेस प्रयोग गरेको स्थानीयको आरोप

असार। सिरहामा लगदि गदियानी सडक निर्माण कार्यमा ठेक्केदारले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ। गोलवजार लगदी गदियानी सडक कालोपत्रे गर्ने निर्माण व्यवसायीले सव–बेसमा कमअसल तथा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरी सडक निर्माण गरेको पाइएको हो ।

 

 

 

सडक कालोपत्रेमा सबैभन्दा पहिला सव–बेसको काम गर्नुपर्छ। सव–बेस बलिया भए सडक कालोपत्रे टिक्ने सम्भावना बढी हुने प्राविधिकहरु बताउछन्। तर यस सडक निर्माणमा ठेक्केदारले ठेक्का सम्झौतामा उल्लेख भएअनुसार रातो ग्राभेल हाल्नु पर्ने ठाउँमा  स्थानीय “गागन खोलाबाट उत्खनन् गरी ल्याएको” अधिकमात्रामा बालुवा, गिट्टी नभएको र माटोकोमात्रा दश प्रतिशत समेत नभएको गुणस्तरहीन सामाग्री सव– बेसमा प्रयोग गरिएको स्थानियहरु बताउछन्।

 

 

 

आर्थिक वर्ष २०७६÷०७७मा १५ किलोमिटर सडक कालोपत्रे गर्न करिव ५१ करोडमा कोनटेक प्रा.लि. नक्सालले ठेक्का लिएर पेटीमा शम्भु कन्सट्रक्सनलाई दिइएको छ। गोलवजार लगदि गदियानी सडक निर्माणका लागी पेटीठेक्का पाएका शम्भू कन्सट्रक्सनले सडकको सव–बेसमा स्थानीय गागन नदीको आत्याधिक बालुवाकोमात्रा भएको ग्राभेल प्रयोग गरिएको गोलवजार १२ का स्थानिय माधव यादबले जनाएको छ। उनले भने, ‘सव बेसमा खोलाको गुणस्तरहीन ग्राभेल प्रयोग गरेको कारण  छिटफुट वर्षा मात्र हुँदा पनि सो सडक हिलाम्मे हुन्छ। ठाउँ ठाउँमा सडक भासिएको छ । वर्षा नहुँदा सडक पुरै धूलाम्मे भैहाल्छ ।’

 

 

 

अर्नामा गाउँपालिका ५ का कारी यादब भन्छन्, “माटो,बालुवा र गिट्टीकोमात्रा भएको ग्राभेल सव– बेसमा हालेर रोलिङ्ग गरिएको सडक यस्तो हिलाम्मे कसरी हुन्छ? यस्तो सव – बेसमाथि कसरी एग्रिगेट बेस हाल्ने हो ? यो जनताको आखाँमा ठेक्केदारले छारो हाल्ने काम गरेको छ।

 

 

 

उनले भने, ‘निर्माण व्यवसायी सम्भू कन्सट्रक्सनले गागन नदीको बालुवा हाल्न खोज्दा सुरुमै स्थानियले विरोध गरेपछि हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले  खोलाको ग्राभेल सवबेसमा प्रयोग गर्न रोकेका थिए। यो नदीजन्य पदार्थ सव–बेसमा हाल्न पाइदैन भन्दै त्यो सामाग्री अस्वीकृत गरिएको थियो । त्यसपछि सम्भू कन्सट्रक्सनले उक्त नदीजन्य कमअसल तथा अस्वीकृत सामाग्री नजिकै स्टोर गरेर राख्यो। तिन महिनापछि त्यही ग्राभेल प्रयोग गरे।’

 

 

 

हुलाकी सडक आयोजनाका प्रविधिकले तिन महिना अघि अस्विकृत गरिएको गुणस्तरहीन ग्राभेल सव–बेसमा प्रयोग भएपनि नियमनकारी निकाय मौन बस्नुले ठेकेदार र नियामक निकाय बीच अनुचित लेनदेन भएको गन्ध दिन्छ ।

 

 

गोलबजारका क्रसर व्यवसायहरु भन्छन्,–“सव–बेसमा” धनगढीमाई नगरपालिकामा रहेको ग्राभेल खानीबाट झिकिएको रातो ग्राभेल हाल्नु पर्ने हो । सडक निर्माण सम्झौतामा सोही कुरा उल्लेख छ । तर सम्भू कन्सट्रक्सनले हुलाकी सडक आयोजनाका इन्जिनियरहरुलाई आर्थिक प्रलोभनमा पारेर जनताको आँखामा छारो हाल्ने र गुणस्तरहीन सडक निर्माण गर्ने प्रपञ्च गरेको छ ।’

 

सव– वेस र बेसको फिल्ड डेन्सिटी परीक्षण गरिनु पर्छ । माटोको भार वहन क्षमता परीक्षण गरेपछि मात्र सव– बेस र बेस हाल्नुपर्ने स्थानियतहमा कार्यरत्त प्राविधिकहरु बताउँछन्। बेस एग्रिगेटको पनि साइज हुन्छ। निश्चित मात्रामा डस्ट मिसाइन्छ। माटो र बालुवा सव– वेस र बेसमा हाल्नै हुँदैन। कालोपत्रे सडकको टिकाउपन सव–बेस र बेस नै हो। सव–बेस हालेर रोलिङ्ग गरेपछि सामान्यतया सडक नभासिँनुपर्ने प्रविधिकहरुको भनाई छ।’

 

 

 

सुरुमा गागन नदीको सामाग्रीमा बालुवा र माटो मात्र देखिएकोले सवबेसमा त्यो ग्राभेल नहाल्न भनिएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले जनाएको छ। उनले भने, ‘बालुवाकोमात्रा बढी भएकोले अस्वीकृत गरिएको थियो । पछि गिट्टीको मात्रा मिसाएको सामाग्री सववेसमा ओछ्याईएको  इन्जिनियर यादवले बताए। उनले भने, ‘सव–बेसको सामाग्री ल्यावमा परीक्षणको लागि पठाइएको छु। रिपोर्ट आएपछि स्पष्ट हुन्छ।’

 

 

 

गोलबजार लगदी गदियानी सडक  ठेक्का कोनटेक प्रा.लि. नक्सालको नाममा बोलपत्र स्वीकृत भएको छ। १५ कलिोमिटर लम्बाइ रहेको यो सडक २०७७ मै ठेक्का लागेको थियो। दुई वर्षमा सम्पन्न गर्ने शर्तमा ठेक्का पाएका निमार्ण कम्पनिले हाल सम्म ३५–४० प्रतिशत निर्माण कार्य मात्र सकाएका छन्।

 

 

 

समयमा काम सम्पन्न नभएकोले एक पटकका लागी एक वर्षको लगी पुनः म्याद थपिएको लगदि गदियानी सडकका साइड इनिजिनियर अकिंत साहले जनाएको छ। थप म्याद अनुसार २०८१।११।२३ सम्ममा काम पूरा गर्नु पर्ने तोकिएको साहले बताए।’

 

 

 

५१ करोड ४१ लख ०२ दुई हजार ३ सय ९६ रुपैयाँ ०४ पैसामा ठेक्का कवुल गरेको कम्पनीले ३३ प्रतिशत सडक निर्माणको काम भएको आधरमा १६ करोड ८७ लाख ८४ हजार २६ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर हालसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको छ।

 

 

 

हुलाकी सडक आयोजना कार्यालय जनकपुरका अनुसार यो सडकको राइट अफ वे राजपत्रमा प्रकाशित नहुनु , सडक सीमा विवाद हुनु , विद्युतीय संरचना नहटाउनु र साइट क्लियर नहुनु , अदालतबाट विभिन्न मुद्दामा निषेधाज्ञा जारी हुनु , निर्माण सामग्रीको अभाव हुनु र बजेटको अभाव भएर निर्माण कार्य ढिलाई भएको हो ।

 

 

 

 

समयमै सडक निर्माण हुन नसँक्दा लगदी गदियानी देखि उत्तर गोलबजारसम्मका २४ गाउँ टोलका बासिन्दाहरु मर्का परेका छन्। गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेकोले वर्षाको समयमा सडक हिल्लामे हुने भएका कारण यस क्षेत्रको वासिन्दाहरुलाई वजार आउजाउ गर्न समेत कठिनाई भैइरहेको स्थानियहरु बताउँँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

न्यायको अनुभूति हुनेगरी काम गर्न पीडितको सुझाव

बाजुरा, तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएका यहाँका नागरिकले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई न्यायको अनुभूति गराउने गरी काम गर्न सुझाव दिएका छन् । शान्तिसम्झौता भएको २३ वर्ष बितिसक्दा पनि आफूहरूले न्याय नपाएको भन्दै न्यायका पक्षमा कार्यरत सबैले पीडितका लागि प्रभावकारी काम गर्नुेपर्ने...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९