
काठमाडौँ । जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिएका छन् ।प्रधानमन्त्रीले शुक्रबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिदै छन् ।सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्रीले संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।