रौतहट । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रौतहटबाट बिभिन्न सञ्चार माध्यममा क्रियाशील बरिष्ठ पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन । रौतहटको कटहरियास्थित पियारिया देवी फाउन्डेसनले शनिवार एक कार्यक्रमको आयोजना गरी पत्रकार मिश्रालाई सम्मानित गरेको हो ।
कटहरिया नगरपालिका ३ बिर्ती प्रष्टोकाका सत्य नारायण साहको श्रीमती स्वर्गिय पियारिया देवीको पहिलो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उनको जेष्ठ सुपुत्र तथा फाउन्डेसनका सचिव देवेन्द्र साहले खाँदा ओढाएर नगद ११ हजारसहित बरिष्ठ पत्रकार मिश्रालाई सम्मानित गरेका छन ।
पत्रकारिताको माध्यमले सामाजिक न्यायका लागि समाजमा पुर्याएको योगदानको कदर स्वरूप पत्रकार मिश्रालाई सम्मान गरिएको सचिव रौनियारले बताएका छन। हाल सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सिंह दरवार काठमाडौंमा खरीदार पदमा कार्यरत दीपेन्द्र साह रौनियारको आमा पियारिया देवीको २०८० साउन १ गते निधन भएको थियो ।
स्वर्गिय पियारिया देवीको पुण्यतिथिमा समाजमा योगदान पुर्याउने पत्रकार, कलाकार, सामाजिक अभियन्तालाई प्रत्येक बर्ष सम्मानित गर्ने उद्देश्यले आमाको नाउँमा अक्षयकोष स्थापनाको प्रक्रियामा रहेको रौनियारले जानकारी दिएका छन।
पछिल्लो दुईदशक भन्दा लामो समय देखि क्रियाशील बरिष्ठ पत्रकार सञ्जय मिश्रा हाल रातोपाटी, न्युज कारखाना, मधेश दृष्टि दैनिकमा आवद्ध रहे संगै कटहरिया एफएमका प्रमुख रहेका छन ।
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































