कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको श्री रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार बिक्रीबाट प्राप्त आएको रकम १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ को उपदफा २ ‘ख’ तथा बर्दगोरिया गाउँपालिकाको वन ऐन २०७८ र कार्यपालिकाको २०८१ जेठ महिनाको २ गतेको बैठकको निर्णय अनुसार सामुदायिक वनले रकम जम्मा गरेको हो ।
वनले १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरेको रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लालसिंह विश्वकर्माले बताउनु भयो।
आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म भएको २३ लाख ८८ हजार २ सय रुपैयाँ जम्मा कारोबार बाट हुन आउने १० प्रतिशत रकम बराबर रु २ लाख ३८ हजार ८ सय २० रुपैयाँ बर्दगोरिया गाउँपालिकाको स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरिएको जनाइएको छ ।
रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहले संघीयताको मर्म अनुसार स्थानीय सरकार सञ्चित कोषमा वन पैदावार बिक्रीबाट प्राप्त आएको रकम १० प्रतिशत रकम जम्मा गर्नेमा रानीजरुवा सामुदायिक वन उपभोक्ता समुह बर्दगोरिया गाउँपालिकाकै पहिलो हो ।   
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                



































                    
                    
                    
                    
                    



























































































































