
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।आइतबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन् ।रास्वपाले विपक्षमा बसेर जनताका मुद्धा प्रभावकारी रुपमा उठाउने बताउदै परियारले आफुहरुले अन्य विपक्षी दलसँग गठबन्धन नबनाउने स्पष्ट गरेका छन् ।