
कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ५,बेलुवा निवासी एवं सहयोगी बेलुवा युवा क्लबका अध्यक्ष महेश रावलले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका छन । जन्मदिनलाई फरक र विषेश गराउने योजना अनुसार रावलले २५ वटा विभिन्न जात जातिका बोट बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएको क्लबका अध्यक्ष रावलले बताए।बेलुवा रोडको छेउ छेउमा हरियाली र सुन्दर बनाउने उद्देश्यले फुल, बेल लगायतका बोट बिरुवा रोपिएको बताए ।
वृक्षारोपण कार्यक्रममा सहयोगी बेलुवा युवा क्लबका पदाधिकारी टोलबासीहरुको समेत सहभागिता रहेको थियो ।
साथीभाई जम्मा भएर फजुल खर्च गर्नु भन्दा यसप्रकारका नयां नयां कार्य गरेर आफ्नो जन्मदिनको स्मरण गर्दा पछिसम्म पनि त्यसको सकरात्मक प्रभाव पर्ने रावलले बताए ।