हाँडीगाउँमा पुनःनिर्माण भइरहेका सम्पदाको अनुगमन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले हाँडीगाउँमा पुनःनिर्माण भइरहेका सम्पदाहरुको भौतिक अवस्थाको अनुगमन गरेको छ । यस क्रममा धन गणेश परिसरमा रहेको सत्तल र मालीगाउँमा रहेको मैती अजिमा द्योः छेँः को निर्माण शैली, शिल्प, निर्माण सामग्री, कला र अमूर्त पक्षहरु हेरिएको थियो । अनुगमन समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, वडाध्यक्ष वीरेन्द्र प्रजापती, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख, वडा सदस्यसहितको टोलीले अनुगमन गरेको हो । त्यस क्रममा पुननिर्माण भइरहेको सम्पदासँग सम्बन्धित गुठियार तथा पुजारीहरुलाई बोलाइएको थियो ।

 

पुनःनिर्माणको प्रगति हेरिसकेपछि प्रतिक्रिया दिँदै समितिका संयोजक डंगोलले, पुनःनिर्माणका लागि उपभोक्ता समिति सक्रिय हुनु सबल पक्ष रहेको बताइन् । ‘नेवा शैलीमा निर्माण भएका सम्पदा काठमाडौँको पहिचानसँग जोडिएका स्मारक हुन् । परम्परागत विधिको पुनःनिर्माण शैली अनुकरण योग्य छ ।’

 

‘पुनःनिर्माण योजनामा निर्धारण गरिएको शैलीलाई पछ््याइएको पाइयो । कलात्मक थाम, ढोकामा मौलिक चुकुल र आग्लो बनाइएको छ ।’ आयोगका उपाध्यक्ष राजभण्डारीले भने, ‘यसरी पुनःनिर्माण गरिने संरचनाले नेवाः संस्कृतिलाई पुस्तान्तरण गराउँछ ।’ समितिबाट सम्पदा संरचनाको अनुगमन हुन थालेपछि गुणस्तर सुनिश्चित हुन्छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘निर्माण पक्षले गलत गर्न पाउँदैन । स्तरमा तलमाथि गर्न पाउँदैन । कुनै कारणले त्रुटि भएको देखिए सच्याउने अवसर हुन्छ ।’

 

द्योः छेँः २०७२ सालको भूकम्पले जीर्ण भएको थियो । यसको पुनःनिर्माणका लागि २०७७ मंसिर १३ गतेको साइत बनाएर भत्काउन थालिएको थियो । त्यही महिना (मंसिर) को २६ गते शिलान्यास गरियो । पुस १५ गतेबाट सुरु भएको काम २०७८ मंसिर २८ गते सकिएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् ।

 

द्यो छेँ क्रमागत योजनाअन्तर्गत पुननिर्माण भएको हो । पहिलो चरणमा ६४ लाख १४ हजार रुपैयाँ लागतको काम भएको थियो । लागतको ७ प्रतिशत उपभोक्ता समितिले व्यहारेको थियो । यो कामका लागि ७४ लाख ४७ हजार रुपैयाँ लागत अनुमान गरिएको विभागका प्रमुख कुमारी राईको भनाइ छ ।

 

दोस्रो चरणको काममा भवनको बाहिरी भागलाई नेवाः शैलीको बनाउने थियो । २०७८ चैत २ गते थालिएको काम सक्नु पर्ने अवधि २०७९ फागुन ३० गतेसम्म थियो । तर काम तोकिएको अवधिभन्दा अगाडि नै अर्थात् २०८० फागुन ६ गते सकियो । ७६ लाख ३१ हजार रुपैयाँ लागत अनुमान गरिएको कामका लागि उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता रह्यो । यो काम ६६ लाख ९३ हजार रुपैयाँमा काम सम्पन्न भयो ।

तेस्रो चरणको कामका लागि उपभोक्ताबाट महानगरपालिकामा योजना माग भएको छ । यो चरणमा भित्री भागको निर्माण तथा सजावटको काम गर्ने योजना छ ।

यस देव घरमा मैतीदेवी मन्दिरको खट र देउता राख्ने गरिन्छ । मैतीदेवी मन्दिर महानगरको वडा ३० मा पर्छ । हरेक बर्षको तिहारमा पर्ने मैतीदेवी जात्रामा यहाँबाट खट र देवता निकाल्ने गरिएको छ । मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना देवीकी दिदीका रूपमा पुजिन्छ ।

वडा नं. ५ कै धनगणेश सत्तलको निर्माण कार्य सकिएको छ । २०८० असार २० गतेदेखि थालिएको काम आउँदो असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेमा जेठ २९ गते नै सकिएको, इञ्जिनियर रुपा डंगोलले जानकारी दिइन्  ।
धनगणेश हाँडीगाउँको भूतेश्वरको उत्तर र पञ्चेधाराको दक्षिणतर्फ छ ।

सत्तल निर्माणको लागत ७३ लाख ९१ हजार रुपैयाँ हो । यो काम ७२ लाख ११ हजार रुपैयाँमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९