अख्तियारलाई बर्दिवासमा दिने भनिएको जग्गामा स्थानीयहरुको अवरोध

महोत्तरी । महोत्तरीको बर्दिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको जग्गा विवादित वनेको छ ।आयोगले आवासका लागी माग गरेको थप ६ कठ्ठा जग्गाको विषयमा स्थानियहरुले अवरोध गरेपछि विवादित वनेको हो ।बर्दिवास-३ स्थित गौरिडाडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसँगै जोडिएको उक्त सार्वजनिक जग्गा स्थानियहरुले नदिने र जवर्जस्त गरे प्रतिरोधमा उत्रने चेतावनी दिएपछि आयोगलाई दिने वा स्थानीय सरकारको स्वामित्वमा राख्ने भन्ने विषयमा मत बाझिएको छ ।

 

 

 

वडा नं.३ का वडा अध्यक्ष विराट बिष्टले जनभावनाको कदर गर्दै उक्त जग्गा आयोगलाई दिन नसकिने अडान लिएका छन भने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री भने सरकारको जग्गा सरकारको नै संवैधानिक अंगलाई दिन समस्या सिर्जना गर्न नहुने जिकिर गर्दै आएका छन ।

 

 

नगरप्रमुख क्षेत्रीले जग्गा सिफारिस समितिको बैठकमा गएर आयोगले माग गरेको उक्त जग्गा स्थानीय सरकारको सहमति रहनेमा ऐक्यवद्वता जनाएको पाईएको छ । तर नगरप्रमुखले भने उपस्थितिमा हस्ताक्षर गरेको तर निर्णयमा हस्ताक्षर नगरेको दावी गर्दै आएका छन । उनको भनाईलाई नै गलत सावित गर्ने निर्णयमा हस्ताक्षर भएका पुस्तिका नै सार्वजनिक गरेका छन ।

 

 

‘यो सरकारी जग्गा हो, याँहा स्थानीय सरकारले रोक्न सक्ने कुनैपनि आधारहरु देखिदैन । हामीले नदिने भनेतापनि माथीवाट नै नापी भएर अख्तियारको नाममा आउने रहेछ ।’ नगरप्रमुख क्षेत्रीले भने ।’तर हामी जनताको पक्षमा छौ, जनभावना विपरित केहीपनि हुँदैन तपाईहरु ढुक्क भए हुन्छ ।’

 

 

 

नगरले उक्त जग्गाको बिषयमा औपचारिक सहमति दिएपछि नापीले नाँपजाँचको लागि १५ दिने सुचना समेत सार्वजनिक गरेको वताएको छ । नापी कार्यालयका कार्यालय प्रमुख धर्मानन्द ठाकुरले आफुहरुले निर्देशन मात्र पालना गरेको र प्रक्रियाअनुसार काम गरिरहेको वताए ।

 

 

बाक्लै जनघनत्व रहेको गौरिडाडामा सामान्य एस्मवली पोइन्ट समेत नभएको वताउदै उक्त जग्गा स्थानीय सरकारको संरक्षणमा राखेर अख्तियारलाई दिन नहुने स्थानियहरुले वताउदै आएका छन । ‘प्राकृतिक प्रकोपको समयमा जम्मा हुने ठाँउ समेत छैन, हाम्रा सन्ततिहरुले खेल्नका लागि सामान्य खेल मैदान पनि छैन ।’ स्थानीय ललित बुढाथोकीले भने ।’अख्तियारको कार्यालय र व्यवस्थापनको लागि प्रसस्त जग्गा छ त्यसैले आयोगले उक्त जग्गा प्राप्तिको लागि जवर्जस्त नगरोस ।’

 

 

 

स्थानियहरुले वडा कार्यालयले दिन नसक्ने भनिएको सिफारिस र सामुहिक निर्णयको गरेको हस्ताक्षर सहित सरोकारवाला कार्यालयहरुलाई ज्ञापनपत्र बुझाएका छन । जग्गा सिफारिस समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय, नापी कार्यालय र नगर कार्यापालिकाको कार्यालयलाई ज्ञापनपत्र बुझाएको स्थानियहरुले वताए ।

 

 

 

यता वडा अध्यक्ष बिष्टले स्थानियहरुको अडानमा आफु सहमत भएको र अख्तियारलाई दिने भनिएको जग्गामा वडाको खेलमैदान वनाउन बजेट समेत बिनियोजन गरिएको जानकारी दिए । ‘सरकारले एक वडा एक खेल मैदान वनाउने नीति नै बनाएको छ । हामीले सोही ठाँउमा वनाउने योजना वनाउदै गर्दा अख्तियारले भित्र-भित्रै नापजाँचको प्रक्रिया अगाडी वढाएछ ।’ अध्यक्ष बिष्टले भने । ‘ यसमा नगरप्रमुखको समेत मिलोमतो भएको प्रष्ट देखियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

दुःख र सङ्घर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैनः मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गर्नुभएको छ ।आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९