कैलाली । थारु समुदायको गुरही पर्वको अवसरमा कैलालीका विभिन्न स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् । थारू समुदायको पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा बर्दगोरिया गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारको दिन परेको छ। पश्चिमवासी थारू समुदायले हरेक वर्ष नागपञ्चमीको दिन मनाउँदै आएका छन्।





















































































































































