नेपालका प्रदीप खनालले बनाए विश्व रेकर्ड, एकै बर्षमा संसारका ४५० तीर्थ स्थलको दर्शन

Oप्रसिद्ध धर्म गुरुहरूले भने – खनालले जगत गुरु आदि  शंकराचार्य र गुरु नानक देवको इतिहास ‘ब्रेक’ गरेकाठमाडौं, ३१ साउन।  विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलहरूको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान्! सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन् – कि शंकाराचार्य हुन् कि गुरु नानक देव।भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि २१ वर्ष लगाएर यतिका तीर्थस्थलको भ्रमण गरेर विश्वमा प्रसिद्धी कमाएका थिए।त्योभन्दा अघि आदि गुरु शंकराचार्यले कति वर्ष लगाएर यतिको संख्यामा तीर्थस्थल भ्रमण गरेका थिए, यकिन छैन।अहिले आएर नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताएका  छन्। खनाल गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि चर्चामा छन्।  प्रसिद्ध सनातनी धर्मका गुरुहरूले आदि शंकराचार्य र गुरु नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरेको बताएका छन्।भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन्।’भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्। यो इतिहासमै दुर्लभ घटना हो।’

 

भारतको मणिकारण शिव मन्दिरको अन्तिम पटक भ्रमण गरेर नेपाल फर्केपछि खनालले आफूले ४५० औं तीर्थस्थल यात्रा सम्पन्न गरेको बताए। उनले भने, ‘यो कठिन भ्रमण पूरा गर्दा सनातनी धर्मगुरुहरूले मलाई विश्वमै पहिलो व्यक्ति ठान्दै बधाई दिइरहनु भएको छ।’

 

उनलाई अहिले फोन तथा सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिने सनातन धर्मप्रेमीहरूको ओइरो लागेको छ।बधाई तथा शुभकामना आइरहेका छन्, विश्वमै मैले पहिलो पटक यो यात्रा पूरा गरेको छु भनी म आफूले दाबी गरेको हैन, विश्वप्रसिद्ध धर्मगुरुहरूले भन्नुभएको हो।’

 

छोटो समयमा ४५० तीर्थस्थलको भ्रमण गरी फर्किएका खनाल ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफूलाई दर्ज गर्न प्रयासरत् छन्। ‘त्यसका निम्ति गर्नुपर्ने कार्यहरूको तयारी गरिरहेको छु, हेरौं सफल हुन्छु भन्ने लागेको छ,’ खनालले भने।

 

खनाल धार्मिक तथा सांस्कृतिक अभियन्ता हुन्। उनी अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष पनि हुन्।धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पशुपतिनाथबाट तीर्थयात्रामा निस्किएका खनालले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र चीनको तिब्बत गरी छ वटा राष्ट्रका ४५० तीर्थस्थलको भ्रमण सकाएको बताए।

 

उनले सन् २०२३ को जुनको अन्तिम साताबाट पशुपतिनाथको दर्शन गरी यात्रा प्रारम्भ गरेका थिए। सुरूमा भ्रमणमा निस्किँदा उनले ५२ शक्तिपीठ र १२ ज्योतिर्लिङ्गको दर्शन गर्ने लक्ष्य राखेका थिए।तर, ती तीर्थस्थल भ्रमण गरेपछि उनलाई थप ऊर्जा प्राप्त भयो। ‘यो भ्रमणले मलाई विश्वका सबै प्रसिद्ध धार्मिकस्थलको दर्शन गर्ने प्रेरणा जगायो,’ उनले भने, ‘त्यसपछि म आफ्नो यात्रामा एकाग्र भएर लागें।’

 

खनालले चार वटा आदि शक्तिपीठ, १८ वटा महाशक्तिपीठ, ५२ वटा शक्तिपीठ, १०८ वटा सिद्धपीठ, चार धाम, सप्तपुरी, बाह्र ज्योतिर्गलिङ्ग, बुद्ध धर्मका १३ तीर्थस्थल, सिख धर्मका ११ वटा, गूरुद्धारा अन्य २३ ठाउँ कैलाश मानसरोबरदेखि कन्याकुमारी, अरुणाञ्चल प्रदेशको पर्शुराम कुण्डदेखि मध्य प्रदेशको अमरकन्टक, पाकिस्तानको हिङ्गलाज शक्तिपीठको अनिलकुण्डसम्म पुगेर स्नान गरे।

 

 

यस्तै, पाकिस्तानकै कटासराजको ६ हजार वर्ष पुरानो शिवलिंग र शिबजीको आशुँबाट बनेको कुण्ड,  नैमी सारान्याको चक्रतीर्थ र प्रयागराजको त्रिवेणी सम्म स्नान र  दर्शन गरेको खनालले बताए।यसैमा खनालले भगवान शिवकी पत्नी सतीदेवीको अंग पतन भएका ६ देशमा रहेका ११६ तीर्थस्थलको भ्रमण गरेको बताए। विश्वमा सतीदेवीको अंग पतन भएका ठाउँबारे विवाद छन्।

 

सतीदेवीको अंग पतन भएका तीर्थस्थल कतै ४, कतै १८, कतै ५२, कतै ७६ र कतै १०८ वटा हुन् भन्ने दाबी गरिँदै आएको छ। तर, आफूले ११६ ठाउँमा सतीदेवीको अंग पतन भएको नयाँ तथ्य पत्ता लगाएको बताए।‘मैले दाबी गरेको कुरा सबैलाई पत्यार नलाग्न पनि सक्छ, तर तीर्थस्थलको भ्रमणमा मैले ११६ ठाउँ सतीदेवीको अंग पतन भएको पाएँ,’ खनालले भने।

 

खनालको भ्रमणबारे सिलिगुडीका धर्मगुरु आचार्य मुक्तिनाथ अधिकारीले भनेका छन्, ‘सायद, यतिको भ्रमण दुई तीन महापुरुषले मात्र गरेका छन्, त्योमध्ये खनाल एक हुन्, इतिहासले तपाईंलाई त्यही दाँजोमा राख्नेछ।’

 

श्रीलंकाका हिन्दुवादी धार्मिक अभियन्ता बालाजीले खनालको भ्रमणबारे भनेका छन्, ‘असम्भव भन्ने केही छैन, यो कठिन यात्रा इतिहासमा दर्ज हुने छ, आगामी पुस्ताको लागि अध्ययन अनुसन्धानको बिषय बन्दछ,  तपाईंको भ्रमणले आगामी पुस्तालाई प्रेरित गर्ने छ।’यस्तै, दिल्लीका सामाजिक कार्यकर्ता चमन शर्माले खनालले ‘आजसम्मको सनातन धर्म इतिहासमा कसैले पनि गर्न नसकेको काम’ भनेका छन्।

 

पशुपतिनाथका मुल भट्ट रावल गणेशले खनालको भ्रमणको श्रीगणेश गरेका थिए। उनले खनालले सम्पन्न गरेको तीर्थस्थल दर्शनको प्रशंसा गरे। उनले भने, ‘यो हामी विश्वका सबै सनातनी धर्मावलम्बीका निम्ति अनुकरणीय कार्य हो।’

 

 

४५० तीर्थस्थलको भ्रमण पूरा गर्दा शिवशक्ति शमागम टिमका सदस्य मंगेश भागवत र शिरडी की विनिता लेप्चाले साथ दिएका थिए। ‘उहाँहरूको योगदान म कहिल्यै पनि भुल्न सक्दिनँ, उहाँहरूप्रति म कृतज्ञ छु।’

 

भ्रमण पूरापछि उनले आगामी सन् २०२५ फेब्रुअरी महिनामा बनारसमा तीन दिने शिवशक्ति समागम अनुष्ठानको आयोजना गर्न लागेका छन्। यसका लागि उनले भारतका धार्मिक गुरुहरु र नेताहरुसँग छलफल गरेका छन् ।

 

 

उक्त अनुष्ठानमा कम्तीमा ५२ शक्तिपीठ, १२ ज्योतिर्लिङ्ग, चार धाम र विश्वका महत्वपूर्ण धामका गुरुहरूलाई बोलाउने तयारी उनको छ। ‘भारतका प्रधानमन्त्रीदेखि लिएर विश्वका सनातनी राष्ट्राध्यक्ष र धार्मिक अनुयायीहरूलाई समेट्ने मेरो प्रयास हुने छ,’ उनले भने।

 

खनालले यो तीर्थयात्रा नेपालको धार्मिक पर्यटन प्रवर्द्धन तथा विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउनका निम्ति गरेको बताए। ‘नेपालमा जति पनि पर्यटकीय क्षेत्र छन् ती ८० प्रतिशत धार्मिक तीर्थस्थल हुन्, बाँकी २० प्रतिशत प्राकृतिक क्षेत्र छन्,’ खनालले भने, ‘यो ८० प्रतिशत धार्मिक पर्यटनलाई सरकारले कसरी सदुपयोग गर्छ हेर्न बाँकी छ।’

 

भ्रमणका क्रममा आफूले विभिन्न राष्ट्रका प्रमुखहरूसँग नेपालको धार्मिक पर्यटन विकास र श्रीवृद्धिबारे कूटनीतिक रुपमा भेटेर कुराकानी गरेको खनालले बताए।‘मैले विश्वमा सबैभन्दा बढी तीर्थस्थलको भ्रमण गरेर एउटा श्रेष्ठता हासिल गरेको छु, सनातनी धर्मावलम्बीहरूका निम्ति यो कठिन यात्रा हो, म आफ्नो योगदानको सदुपयोग होस् भन्ने चाहन्छु,’ उनले भने।एक वर्षको यात्राको पूर्णता आफूले व्यक्तिगत लगानीमा सम्भव पारेको खनालले बताए।

 

यो यात्राका क्रममा आफूले अन्तर्राष्ट्रिय मैत्री समाज नेपालकी सचिव सिर्जना तिम्सिना र राष्ट्रिय संस्कार धाम, नेपालका प्रवक्ता विजय कुमार पन्तबाट महत्वपूर्ण सहयोग उनले पाएको बताए। खनालले भारतका प्रसिद्ध जगत गुरु आदि शंकराचार्य र गुरु नानक देवको कारण आफूले तीर्थयात्रामा प्रेरणा पाएको भन्दै उनीहरूप्रति उच्च सम्मान रहेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी,  बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ ।पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२...

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली (तनहुँ),  तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी (सुनसरी),  सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

४८ औँ नेत्रज्योति दिवसः नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस उपलब्धिको केन्द्रमा रहेको संस्था हो– नेपाल...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९