घोडाघोडीको पुनः नापी कार्यमा अवैध रकम सङ्कलन, करोडौँ ठगीको आशङ्का

“अमिनहरूको खर्च भन्दै प्रतिकित्ता ३ देखी ५हजार र लालपुर्जाको २५ रुपैयाँका दरले गरी प्रत्येकले पैसा तिरेका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा पुनः नापी तथा हालसाबिकमा जनताबाट अवैध रकम सङ्कलन गरेको पाइएको छ । नापी कार्यालय कैलालीका अनुसार हालसाबिक गरी नयाँ लालपुर्जा लिँदा स्थानीयले २५ रुपैयाँ सुल्क तिर्नु पर्छ । तर साडेपानीमा कार्यालय सञ्चालन गरी काम गरिरहेको ३ नम्बर नापी टोलीले बिचौलिया खडा गरी प्रतिकित्ता ३ देखी ५ हजारका दरले रकम सङ्कलन गरेको आरोप लागेको छ ।

“अमिनहरूको खर्च भन्दै प्रतिकित्ता ३ हजार र लालपुर्जाको २५ रुपैयाँ गरी प्रत्येकले ३ हजार २५ रुपैयाँ तिरेका छन् । कसै कसैले त त्यो भन्दा बढी पनि तिरेका छन् । नाप जाँच गर्दा जग्गा थोरै पनि बढी देखियो भने २ लाख देखी माथि छुट्टै रकम माग्ने गरेका छन् । यसमा निर्वाचित जनप्रतिनिधि देखी नापीको सहजीकरण समितिका मान्छेहरू समेत संलग्न छन् ।” श्रोतले भन्यो ।

हाम्रो श्रोतको दाबीलाई केही स्थानीयहरूका भनाइले समेत पुष्टि गरेको छ । “म त कोहलपुरबाट आएको हुँ । भाउजूहरूले ३ हजार तिर्नु भएछ । मलाई पनि ३ कित्ताको ९ हजार चाहिन्छ भनेका छन् । नाप जाँच गर्दा मेरो जग्गा ५ धुर बढी देखियो । त्यसको छुट्टै ढाईलाख लाग्छ, यो सरकारी रेट हो भन्दै थिए अरे ।” स्थानीय तिलक विष्टले भने । यस्तै स्थानीय कलधरि विष्टले आफ्नो ४ कित्ता जग्गा नाप जाँच गरेको १२ हजार तिरेकी छन् । धना देवी विष्टले २ कित्ताको ५ हजार, कौसी देवी विष्टले २ कित्ताको ८ हजार, शान्ति विष्टले १ कित्ताको ३ हजार र पदम सिंह विष्टले १ कित्ताको ५ हजार तिरेको दाबी गरेका छन् ।

 

“अब क्या भनी लिन्या हुन । यती चाहिन्छ, सबैलाई लाग्याको रेट हो भन्या । पैसा नदिया लालपुर्जा बन्दैन भन्ना, मैले दियाको पैसा ३ हजार भण्डारीले लिया, ३ हजार अमिनले लिया, ६ हजार ! ६ हजार अस्ती दियाकी हुँ । हामीले त होला सोच्याउ, पैसा दियाको केही पर्माण पन दियानन् ।” स्थानीय कलधरि विष्टले भनिन् । आफ्नो ३ कित्ता जग्गा नाप जाँच भए पनि लालपुर्जा भने घर बास रहेको २ कित्ताको मात्रै आएकाले हाललाई ५ हजार दिएको र थप रकम खेतको लालपुर्जा पाएपछि दिने सहमति भएको स्थानीय धना देवी विष्टले बताइन । “दिनभरी एक बिघा जति नाप्या हजुर, त्यैमा मेरो पन छियो । बासा बेरी मेरा ज्वाइँ छन् घर्ती भन्ने, उनुले ल्याऊ सौराज्यू एक कित्ताको ३ हजार भन्ना छन् भनिखेर लग्याका हुन ।” स्थानीय पदम सिंह विष्टले भने ।

 

“मेरो टोलनिर म जयन्ती देवी भण्डारी, पदम मल्ल, गोपाल भूल, मान बहादुर शाही र काली बहादुर शाही गरी ५ जनाले ३ हजारका दरले पैसा तिरेका छौ । त्यो भन्दा माथि थाहा भएन । मैले मोहन भण्डारालाई दिएकी हुँ । लालपुर्जा पनि उनैले खोजिदिए । ल्याउनु भाउजू लागेको रेट भने अनि लालपुर्जा दिए ।” स्थानीय जयन्ती देवी भण्डारीले भनिन् ।

 

३ नम्बर नापी टोलीले दिएको जानकारी अनुसार गत चैत्र महिनाबाट सुरु भएको पुनः नापीको काममा १ हजार ९ सय ७१ वटा आवेदन सङ्कलन भएको छन् भने त्यस मध्ये ७ सय १६ लालपुर्जा वितरण गरिएको छ । स्थानीयको दाबीलाई आधार मान्दा २१ लाख ४८ हजार प्रति कित्ताका हिसाबले अवैध रकम सङ्कलन भएको देखिन्छ । यस्तै पुनः नापीमा जग्गाको क्षेत्रफल बढी देखिएमा जग्गाको प्रकृति र क्षेत्रफल हेरेर प्रति व्यक्ति २ लाख देखी ८ लाख सम्म अवैध रकम सङ्कलन गरेको स्थानीयहरूकै दाबी छ । पुनः नापी कार्यमा साडेपानीबाट मात्रै ३ करोड बढी अवैध रकम सङ्कलन भएको हुन सक्ने श्रोतको भनाई छ ।

नापी टोली भन्छ: खुसीले दिएका छन् कसैलाई करकाप छैन

स्थानीयबाट प्रतिकित्ता बापतको रकम तोकेर सङ्कलन नगरेको तर स्थानीयहरूले आफू खुसी दिएको रकमलाई अवैध भन्न नमिल्ने ३ नम्बर नापी टोलीको भनाई छ । “हामीले जनताबाट लिने भनेको पुर्जा वितरण गर्दा लाग्ने २५ रुपैयाँ मात्र हो । त्यो बाहेक न लिएका छौ नत लिन नै मिल्छ । कहिले काहीँ फिल्डमा जाँदा कसैले खुसी भएर खाजा खाऊ, तेल हाल भनेर दिन्छ भने त त्यो हामीले करकाप गरेर मागेको होइन नि । कसैलाई यती रकम दिए मात्रै पुर्जा पाउँछौ नत्र पाउँदैनौ भनेका छैनौ । यसबारेमा मलाई हाल सम्म कुनै गुनासो पनि आएको छैन ।” नापी टोली प्रमुख नरेश विष्टले भने । यदि कर्मचारीहरूले आफ्नो जानकारी बिना त्यसो गरेका भए प्रमाण लिएर वा गुनासो लिएर आएमा सबैलाई छानबिनको दायरामा ल्याउने उनको भनाई छ ।

यसरी बाझियो कुरा

माथि उल्लेख गरिएको जयन्ती देवी भण्डारीको रकम बुझ्ने व्यक्ती हुन मोहन भण्डारा, उनी नापी टोलीका कर्मचारी भने होइनन् तर आफू पनि सोही पेसाका भएकाले चिनजान भएर नापी टोलीलाई बेला बखत सहयोग गर्दै आएका छन् । रकम सङ्कलन गर्नेमा उनको नाम समेत जोडिए पछि हामीले उनको प्रतिक्रिया लिन खोज्यौ । रकम सङ्कलनमा आफ्नो कुनै भूमिका नभएको र आफ्नो व्यक्तिगत मेसिन नापी टोलीले नाप जाँचमा प्रयोग गरेकाले सोही बापतको भाडा रकम लिएको उनको भनाई छ । “रकम उठाउने कुरा मलाई जानकारी नै नभएको विषय हो । नापी टोलीले २ दिन मेरो मेसिन भाडामा लिएर प्रयोग गरेको थियो । सो बापत १६ हजार रुपैयाँ मलाई नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले दिए । त्यही रकम लिएको हुँ अरू मलाई केही पनि थाहा छैन ।” मोहन भण्डाराले भने ।

यता नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले भने २ दिन नाप जाँचमा व्यक्तिगत मेसिन प्रयोग भए पनि सो बापत आफूले रकम भुक्तानी भने नदिएको प्रतिक्रिया दिएका छन् । “हामी सँग समन्वय गरेर उहाँहरू आफैले मेसिन प्रयोग गर्नु भएको हो । उहाँलाई मैले भाडा रकम भनेर १६ हजार दिएको छैन । अरू कुनै कर्मचारीले दिएको भए मलाई थाहा छैन । बरु मेसिन प्रयोग भएको दिन हामीलाई खाजा खानुहोला भनेर ५ हजार दिएका हुन । त्यो बाहेक कसै सँग रकम लिएको पनि छैन र कसैलाई दिएको पनि छैन ।” ३ नम्बर नापी टोलीका कर्मचारी कृष्ण भण्डारीले भने ।

बिचौलिया गरिए खडा, समन्वय समिति भन्छ: हामीलाई थाहा छैन

जनताबाट अवैध रकम सङ्कलन गर्न नापी टोली र समन्वय समितिको मिलेमतोमा बिचौलियाहरू खडा गरेको स्थानीयको आरोप छ । वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी चौधरी नापी टोलीलाई सहयोग गर्न बनेको समन्वय समितिका संयोजक छन् । उनको संयोजकत्वमा ११ सदस्यीय समिति छ । तर आफूलाई अवैध रकम सङ्कलनका विषयमा कुनै जानकारी नभएको र जनताबाट समेत कुनै गुनासो नआएको उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९