युवा समाजसेवी प्रमोद मल्लले घैटाफोडको पुरस्कार दिने 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष झै यस पनि मनाउदै आएको भुई घैटाफोड सहित विभिन्न कार्यक्रम यस बर्ष पनि हुने भएका छन ।

 

सहयोगि बेलुवा युवा क्लबको आयोजनामा हुने घैटाफोड तथा विभिन्न कार्यक्रम मध्य भुई घैटाफोडको पुरस्कार नगद ३५५५ रुपैया युवा समाजसेवी प्रमोद मल्लले दिने भएका हुन ।

 

भुई घैटाफोड कार्यक्रम सहित महिलाहरुका लागि कुर्सी दौड, रिङ्ग खेल लगाएत सान्स्कृतिक कार्यक्रमको आयोजना हुने क्लबका अध्यक्ष महेश रावलले जानकारी दिए ।

 

भुई घैटो फोड्नेलाई ३ हजार ५ सय ५५, महिलाहरुको कुर्सी दौड बिजेतालाई नगद २ हजार ५ सय ५५ रुपैया, द्दितिय स्थान हासिल गर्नेलाई १५ सय ५५ प्रदान गरिनेछ । यसै रिङ्ग खेलको बिजेताले नगद १ हजार ११ पाउँदा उपबिजेता बन्नेले ५ सय ५ रुपैयाँ पाउने छ

 

यसका साथै कार्यक्रममा स्थानिय कलाकारहरुको सास्कृतिक नृत्य समेत रहने क्लबका अध्यक्ष रावलले जानकारी दिए । घैटोफोड कार्यक्रम गर्दा कला संस्कृतिको जगेर्नाका साथै मनोरञ्जनका दृस्ठिले पनि महत्त्वपूर्ण मानिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?