
कैलाली-श्री जागरुक एकता महिला सञ्जालद्वारा आयोजित हरितालिका तीज विशेष कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नं ५ बेलुवामा सम्पन्न भएको छ ।जागरुक एकता महिला सञ्जालकी अध्यक्ष ललिता कुमारी धामी (बोहरा) को सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा वडा अध्यक्ष चौधरीले सम्पूर्ण नेपाली आमा, दिदी बहिनीहरुलाई सुभकामना ब्यक्त गर्नु भएको थियो ।
तीज विशेष कार्यक्रममा विशिष्ट अतिथिमा समाजसेवी जन्मजय रावल रहनुभएको कार्यक्रममा अतिथिमा गीता कार्की लगायतका अतिथिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य सन्जालकी सचिव गीता चौधरीले गर्नु भएको थियो । कार्यक्रम सञ्चालिका अनिला स्वणकारले गरेकी थिइन्।