कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपलिका वडा नम्बर ६ राजीपुरमा अवस्थित मद्रेनिया सामुदायिक वनको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मद्रेनिया सामुदायिक वनका अध्यक्ष हरिराम डगौराको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं विधान प्रदेश मामिला सदस्य कैलाली क्षेत्र नम्बर २ (ख) का प्रदेश सांसद रामेश्वर चौधरी रहनु भएको थियो । यसै गरि विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हिक्मत कठायत, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश उपाध्यक्ष टेक बहादुर थापा र सामुदायिक वन उपभोक्ता महासङ्घ कैलाली जिल्ला अध्यक्ष कर्ण रावल रहनु भएको थियो । पूरा भिडियो सहित
सामुदायिक वनकी रेनु कुमारी चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जम्नेहटा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेटराम चौधरी, छतिउन सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष करन चौधरी,गाउँ भल्भन्सा मगनराम चौधरी, भूपू बर्दगोरिया गाउँपालिका वडा नं ६ का वडा सदस्य राधा देवी चौधरी, शिक्षक राम फल चौधरी,शिक्षक लौटन चौधरी , नवज्योति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष शेरबहादुर चौधरी, संघारी कृषि सहकारी संस्थाका बुद्धि सिंह डगोरा ,सिभिल इन्जिनियर राजेन्द्र डगौरा, बुद्धिजीवी अन्तराम डगौरा, महिला स्वयंसेविका आशादेवी डगौरा र भू पु सचिव गीता देवी डगौराले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ को १२ लाख ९० हजार १ सय १२ रुपैयाँ बराबरको सामुदायिक वनकी कोषाध्यक्ष प्रेमा कुमारी चौधरीले आय ब्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन जगराम चौधरीले गर्नु भएको थियो । समाजमा विभिन्न क्षेत्रमा काम गरेर योगदान पुर्याउने विभिन्न समाजसेवी बुद्धिजीवी र पत्रकारलाई सम्मान गरिएको छ।




























































































































































