नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि

काठमाडौं । नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोली देखि खेल्न लागेका हुन् ।

 

शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ ।  त्यस्तै आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यी खेलहरु नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१