दशैं तिहार नजिकिएसँगै सिरहाका कार्यालय प्रमुखलाई तस्करहरुको भेटी संस्कार !

सिरहा । सिरहामा दशैं तिहार लगायतका चाडपर्व नजिकिए संगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयका प्रमुख जिल्ला समन्वय समितिका सभापतिहरू लगायतलाई अवैध कारोबारमा संलग्नहरूले भेटी चढाउने काम सुरु गरेका छन। जिल्लामा बढ्दो तस्करी, क्रसर उद्योगी र अन्य अवैध कारोवार गर्नेहरुले चाडपर्व नजिकिए संगै जिल्लाका कार्यालय प्रमुखहरुलाई दशैं तिहारको भेटी चढाउने कार्य सुरु गरेका हुन्।

 

 

 

दशैंको भेटीका रूपमा क्रसर सञ्चालकहरूले जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी, र सशस्त्र प्रहरी बलका प्रमुख एसपीलाई प्रति क्रसर ३० हजार देखि ५० हजार रुपैयाँ बुझाउने गरेको स्रोतले जनाएको छ। त्यसैगरी, भारतीय वजारवाट अवैध रुपमा तस्करीका समान नेपाल भित्र्याउने साना तस्करहरूले २५ हजारदेखि ३० हजारसम्म बुझाउने गरेको र ठूला तस्करहरूले ७० हजारदेखि १ लाख रुपैयाँसम्मको भेटी दिने गरेको स्रोतको दावी छ।

 

 

भेटीको माफिया नेटवर्क

सिरहामा अवैध व्यापारमा संलग्न व्यक्तिहरूले चाडपर्वको मौका छोपेर आफ्नो कारोबारलाई थप सुरक्षित बनाउन कार्यालय प्रमुखहरूलाई चाडपर्वको नाममा अतिरीतm रकम बुझाएर सम्बन्धलाई बलियो बनाउने तस्करहरुले प्रयास गर्छन्। उनीहरूले भेटी मार्फत् सघाउने र संरक्षण पाउने दाबीसमेत गर्छन्। स्रोतका अनुसार, दशैं तिहारको अवधिमा विशेष गरी क्रसर उद्योग, सीमा तस्करी, र अन्य गैरकानूनी धन्दा चलाउनेहरुले कार्यालय प्रमुखहरूलाई भेटी चढाउने गर्दछ।

 

 

 

सिरहामा क्रसर व्यवसायीलाई कानुनी संरक्षण दिने सिडिओ र अन्य सरकारी प्रमुखहरूलाई प्रत्यक्ष भेटी चढाइन्छ। अवैध क्रसर सञ्चालनका लागि दशैंको अवसरलाई उपयोग गर्दै उनीहरूले रकम बुझाउने गरेका नाम उल्लेख नगर्ने शर्तमा एक क्रसर व्यवसायीले बताए। उनले भने, ‘यो रकम मुख्य रूपमा अवैध क्रसरहरूको सञ्चालन, अवैध रुपमा ग्राभेल, गिट्टी, वालुवा उत्खनन्् गर्दा कानुनी अढचन नआउनकै लागि दशैंमा नियामक निकायलाइ अनिवार्य रुपमा भेटी चढाइन्छ।’

 

 

 

त्यसैगरी, साना तस्करहरूले आफुलाई पायक पर्ने रुटका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई २५ देखि ३० हजार रुपैयाँसम्म बुझाउने गरेको नाम नखोल्ने शर्तमा एक तस्करले जनाएको छ।  उनले भने, ‘ठूला तस्करहरूले जिल्लाका कार्यालय प्रमुखहरुलाई मात्र चाडपर्वको भेटी स्वरुप ७० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेको छ। जिल्लाका मातहतमा रहेको ईलाकालाई भन्ने १० हजार देखि पन्ध्र हजार बुझाइन्छ। उनले थपे, ‘तस्करीमा संलग्न हुनेहरूले यसरी चाडपर्वको अवसरमा आफ्नो सुरक्षा सुनिश्चित गर्न र कार्यालय प्रमुखहरूसँग राम्रो सम्बन्ध बनाउन पनि रकम बुझाउनुपर्ने बाध्यता छ।’ जिल्ला भरीमा जम्मा नविकरण नभएका र भएका समेत गरी १३ वटा क्रसर ब्यवसायी , खानी दर्ता नै नगरी अबैध रुपमा ग्राभेल उत्खनन गर्ने करीव दश जना , ९० जना जति ठुला तस्कर रहेको छ भन्ने पच्चास जना साना साईकल तथा मोटरसाईकलमा समान ओसारपसार गर्ने तस्कर छन। अन्य अबैध तथा कार्यालयहरुमा बिचौलियाको काम गर्नेको संख्या पनि एक सय भन्दा कम छैन।
यसलाई मात्रै आधार मान्ने हो भने पनि दशै तिहारमा सम्वन्धित निकायका प्रत्येक कार्यालयहरुमा वडा भोजको लागी लाखौं  रुपौयाको भेटी चढाइने गरेको देखिन्छ।यस्तो भेटी संस्कार जिल्ला वासीकोलागी अत्यन्तै खतरनाक रहेको र सरकारी अधिकारीहरूले नै यस्ता अवैध धन्दाहरूलाई मौन समर्थन गरेपछि कानूनको पालना गर्नेहरूको हक र अधिकार समेत उल्लंघन हुने गरेको नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य देव कुमार यादबले बताए। उनले भने, ‘यसरी भेटी चढाउने प्रथा नरोकिने हो भने जिल्लामा विधिको शासन स्थापित गर्न समेत कठिनाइ हुने उनको भनाई छ। उनले थपे, ‘सरकारी कार्यालय प्रमुखहरूले नै यस्तो भेटी लिँदा अवैध गतिविधिहरू अझै बढ्ने सम्भावना छ। चाडपर्वको नाममा रकम उठाउनु नै अपराध हो।’दशैंकाे नाममा अवैध असुलीलाई एक अनिवार्य संस्कृति र परम्पराकाे रुप दिइएकाे संचारकर्मी अर्जुन थपलिया बताउँछन्। स्थानीय प्रशासनका अधिकारीहरु लज्जा त्यागे,  लगभग निर्वस्त्र शैलीमा अवैध असुली धन्दामा लिप्त भएको उनको आरोप छ । स्थानीय प्रशासन र सुरक्षा निकायहरु हदैसम्म चरित्रच्युत र तस्करहरकाे नुन खाएर बिटुलिएका छन् ।  स्थानीय सरकारी अधिकारीहरु तस्करहरकाे बधुवा बनेकको उनको भनाइ छ।यसै विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख .(सिडियो) वासुदेव दहालसंग प्रतिक्रियालिन खोज्दा फोन उठेनन।  त्यसैगरी सोही विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) रमेश पंडितले प्रहरीको मिलेमतो पाईएमा कार्यवाही गर्ने बताए। उनले भने, ‘म आएको पाँच महिना भयो मैले कसैसंग एक रुपैया लिएको छैन कसैले अफवाह फैलाएको हुनसक्ने जनाए। कसैसंग कुनै प्रहरीले रकम लिएको जानकारी पाए तत्कालै  विभाग्य कार्यवाही गर्ने बताए।’ दशैं तिहारको चाडपर्व नजिकिँदै गर्दा सिरहामा भेटी प्रथाको माफिया जालो गहिरिँदै गएको जानकारहरु बताउछन्। सरकारी कार्यालयका प्रमुखहरूलाई भेटीको रूपमा दिइने रकमले अवैध गतिविधिहरूलाई संरक्षण दिँदै आएको छ। यसका कारण सिरहा जिल्लामा कानुनी शासन कमजोर हुँदै गएको अनुभुती भईरहेको उनीहरुको भनाई छ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

संस्थापक अध्यक्षको नेतृत्वमा बौनिया जेसीजमा बोर्ड अफ ट्रस्ट गठन

कैलाली । कैलालीको बौनियामा बौनिया जेसीजका पूर्व अध्यक्षहरुको भेलाले संस्था व्यवस्थापन, दीर्घकालीन योजना, आर्थिक पारदर्शिता र नीति–नियमको अनुगमनको लागि बोर्ड अफ ट्रस्ट गठन गरेको छ।   बोर्डले बौनिया जेसीजको विधान सुधार, आर्थिक कोष वृद्धि, दर्शन समग्र, नेतृत्व सुधार, रणनीति, भौतिक र सम्पत्ति संरक्षण, संस्थागत मापदण्ड र...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ,  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

संस्थापक अध्यक्षको नेतृत्वमा बौनिया जेसीजमा बोर्ड अफ ट्रस्ट गठन

कैलाली । कैलालीको बौनियामा बौनिया जेसीजका पूर्व अध्यक्षहरुको भेलाले संस्था व्यवस्थापन, दीर्घकालीन योजना, आर्थिक पारदर्शिता र नीति–नियमको अनुगमनको लागि बोर्ड अफ ट्रस्ट गठन गरेको छ।   बोर्डले बौनिया जेसीजको विधान सुधार, आर्थिक कोष वृद्धि, दर्शन समग्र, नेतृत्व सुधार, रणनीति, भौतिक र सम्पत्ति संरक्षण, संस्थागत मापदण्ड र...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षासँगै रोजगारी जोड्दै कञ्चनपुरको कृष्ण वैजनाथ क्याम्पस

कञ्चनपुर,  उच्च शिक्षाका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता झेल्दै आएका यहाँको शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका विद्यार्थीका लागि कृष्ण वैजनाथ बहुमुखी क्याम्पस अहिले भरपर्दो शैक्षिक गन्तव्य मात्र नभई ‘करियर’ निर्माणको मुख्य थलोका रूपमा स्थापित हुँदै गएको छ ।ग्रामीण क्षेत्रमै स्नातक र स्नातकोत्तर तहसम्म अध्ययनको अवसर...

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

काठमाडौं  विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९