
कैलाली । कैलाली जिल्लाको धनगढी देखि बर्दगोरिया गाउँपालिका वडा नं १ बौनिया हुँदै मोहन्याल गाउँपालिका वडा नं १ तल्लापानी जाने बस सेवाको उद्घाटन गरीएको छ । बौनिया चोकमा एक कार्यक्रमको आयोजना गरी धनगढी बौनिया तल्लापानी जाने बस सेवाको उद्घाटन गरिएको हो । बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) ले रिवन काटेर उक्त बस सेवाको उद्घाटन गर्नु भएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष गिरिले छिमेकी पालिकाहरूसँग जोड्न र ग्रामीण भेगका जनतालाई सहजताका लागि बस सेवा सञ्चालन गर्न पहल गर्ने बौनिया बजार व्यवस्थापन समितिलाई उनले धन्यावाद दिए । धनगढी देखि बौनिया हुँदै तल्लापानी जाने बस सेवालाई निरन्तरता दिनु पर्नेमा उनको भनाई थियो । बस सेवा सञ्चालन हुनु आर्थिक सामाजिक लगायत अन्य कुराहरूमा धेरै फाइदा पुग्ने पालिका उपाध्यक्ष गिरिको भनाई थियो ।
बौनिया बजार व्यवस्थापन समितिको विशेष पहलमा रिभर साईड यातायात प्रा.लि.ले धनगढी, बौनिया, तल्लापानी जाने बस सेवा सञ्चालनमा ल्याएको हो । धनगढी, बौनिया, खैरेनी,चायाँभाबर, तल्लापानी, बडीकाथाई हुँदै चौतारा चल्ने रुट तोकिएको बताईएको छ । हरेक दिन बौनिया चोक बाट साँझ साडेँ ४ बजे तल्लापानीका लागी छुट्ने र तल्लापानी बाट बिहान ८:३० बजे धनगढीको लागी बस छुट्ने रिभर साईड यातायात प्रा.ली.ले जनाएको छ ।
बौनिया चोक देखी तल्लापानी जान सम्मको लागी न्यूनतम दररेट तोकिएको बताईएको छ । बौनिया देखि तल्लापानी सम्मका लागि १ सय र तल्लापानी देखि अन्य गाउँहरू सम्म १ सय ३० दररेट तय गरिएको यातायात प्रा.ली.ले जनाएको छ ।
बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वारको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) रहनु भएको थियो । विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढा, बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गोविन्द बिक र वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य रहेका थिए ।
कार्यक्रममा रिभर साईड यातायात प्रा.लि.का उपाध्यक्ष जयरूप बुढा, यातायात प्रमुख चन्द्रप्रसाद आचार्य, यातायात लेखा संयोजक अमृत तिमल्सेना , समाजसेवी डम्बर बुढा ,सशस्त्र बेस क्याम्प झकडपुरका प्रमुख प्रेम सिंह बिष्ट, इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख वीरबहादुर थापा र अस्थायी ट्राफिक कार्यालय बौनियाका प्रमुख आकाश रावल लगायत विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बौनिया बजार व्यवस्थापन समितिका महासचिव राजेश गौतमले गरेको थिए ।