रौतहट । बाढी पीडितलाई राहत बितरणको नाउँमा भ्रष्टाचार भईरहेको भन्दै कटहरिया नगरपालिकामा पुनः तालाबन्दी गरिएको छ ।हालै निलम्बन फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा बिभेद गरेको भन्दै सोमवार दोस्रो पटक कटहरिया नगरपालिकामा तालाबन्दी गरिएको छ ।मेयर जैसवालको कार्यकक्ष र जिन्सी फाँट खुलेको हेरेर दर्जनौंको संख्यामा गएका महिला पुरूष बाढी पीडित तथा जनप्रतिनिधि सहितको टोलीले पुनः तालावन्दी गरेका हुन् ।
तालाबन्दीको क्रममा कटहरिया नगर परिसरमा कुनै अप्रिय हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मेयर निकट मानिसले आफूहरुसंग सल्लाहनै नगरी ताला खेलेको कारण पुनः तालाबन्दी गरिएको वडा ५ का सदस्य बैजनाथ दाशले बताएका छन् । गत असोजको दोस्रो साता परेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरियामा सैयौं परिवार प्रभावीत भएका थिए। मेयर जैसवालले आफ्ना नजिकका मानिस तथा नातेदार लाई मात्र राहत दिएको र अन्य गरीब बिपन्न लाई बञ्चित गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको वडा सदस्य दाशले गुनासो गरेका छन् ।
वडा ५ का सदस्य रामेश्वर यादवले आज दोस्रो पटक तालाबन्दीको क्रममा मेयर अजय प्रकाशले फोन गरेर आफूलाई थर्काएको बताएका थिए । राहतको नाममा मेयर जैसवालले ठूलो रकम अनियमितता गर्ने दाउमा रहेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले आरोप लगाएका छन्। नगरसभामा बिपद व्यवस्थापनमा छुट्याएको ५० लाख रुपैयाँ राहतकै नाउँमा मेयर जैसवालले सकाउने दाउमा रहेको कुशवाहाले प्रदर्शनको क्रममा वडा अध्यक्ष कुशवाहा, नगर कार्यपालिका सदस्य जामुन ठाकुर, वडा सदस्य द्धय बैजनाथ दाश र रामेश्वर यादवले मेयर अजय प्रकाश जैसवाल राहत, डिपिआर, गाडीको तेल, करार कर्मचारीको तलबको नाउँमा करोडौं करोड अनियमितता गर्दै आएको दाबी गरेका छन् ।कटजबसम्म सम्पूर्ण पीडितलाई राहत नमिलेसम्म ताला नखोलिने आन्दोलनकारीहरुले अडान राखेका छन् ।

































































































































































