कैलाली । कैलाली जिल्लाको बर्दगाेरिया गाउँपालिका वडा नं २ बाैनियाँ स्थित आदर्श सामुदायिक विद्या मन्दिरले एस.ई.ई २०८० का विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । आदर्श सामुदायिक विद्या मन्दिरका प्रिन्सिपल विकाश थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गोविन्द वि.क. रहनु भएको थियो । साे अवसरमा प्रमुख अतिथिको आसनबाट बाेल्दै विकले विद्यालय कार्य विद्यार्थीलाई अध्यान गराउनुका साथै बिबिध अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन आवश्यक रहेको बताउदै एक हदसम्म याे कार्यमा आदर्श सामुदायिक सफल रहेको कुरा बताउनु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै विकले आदर्श सामुदायिकले पछिल्लो समयमा बर्दगाेरिया गाउँपालिकाकाे समग्र शिक्षा क्षेत्रमा फरक छाप छाेड्न सफल भएको कुरामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यहीँ गुणस्तर लाई कायम राखेर अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।
 कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै विद्यालयका संस्थापक एबम कैलाली ज्ञान ज्योति विद्यालयका सञ्चालक शालिमान बाेहराले विद्यार्थी भनेको एक काँचो माटो रहेको कुरामा जाेड दिदै त्यसलाई कस्तो आकार दिने भन्ने कुरा शिक्षक शिक्षाका र अभिभावककाे हातमा रहने कुरामा जाेड दिनु भएको थियो । बाेहराले भने एक विद्यार्थी र विद्यालय सफल हुनमा विद्यार्थी ,अभिभावक र शिक्षक शिक्षाकाहरुकाे भुमिका समान रहने भएकोले त्यसतर्फ सबैले ध्यान दिन आवश्यक रहेको कुरा बताउनु भयो । 
कार्यक्रममा विद्यालयका संस्थापक तथा लेखा शाखा प्रमुख सुरेश सुनार, शिक्षक सुनिल भण्डारी , मोहिनी बम, सुर्य सुनार, सीपी पाण्डे, शिवराज ओझा, सुनिल चौधरी अनिल चौधरी, राजेश विक, मिरज कुशमी , निर्मला विक, मोनिका साउद, राधिका ढुङ्गाना, सुजता साउद र अनिता रावल लगायतका शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। केही वर्ष अगाडि देखि आदर्श सामुदायिक विद्या मन्दिर बर्दगाेरिया गाउँपालिकाकाे एक स्थापित शिक्षण संस्थाको रुपमा उदाउदै गैरहेकाे छ । 
बिबिध सांस्कृतिक प्रस्तुति सहित आयाेजना भएको कार्यक्रममा कक्षा ९ मा अध्यनरत छात्र पूजा कुमारी बमको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा विद्यालयका शिक्षक राज थापाले कार्यक्रमको सञ्चालन गरेका थिए। साे कार्यक्रममा एस.ई.ई व्याज २०८० का विद्यार्थीहरुलाई साेहि व्याजका कक्षा ९ का विद्यार्थीहरुले मायाको चिनाे सम्झना स्वरुप प्रदान गरेर सम्मान तथा बधाई शुभकामना आदानप्रदान गरेका थिए। साेहि कार्यक्रममा विद्यालयले एस.ई.ई व्याज २०८० का विद्यार्थीहरुलाई पुरष्कृत समेत गरेको थियो । 





































         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































