बर्दिवासमा खानेपानी उपभोक्ता समितिविरुद्धको रिटमा कारण देखाउ आदेश

महोत्तरी । महोत्तरीको बर्दिवासमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय सहितलाई प्रतिवादी वनाएर जनकपुर उच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।कार्यालय सहित ११ जना विरूद्व फर्जी विधानको आडमा आर्थिक अनियमितता र अपचलन भएको प्रमाणसहित दायर भएको रिटमाथी  १५ दिन भित्र उपस्थित भएर आदेश जारी नहुनुपर्ने कारण पेश गर्न प्रतिवादीहरुलाई  उत्प्रेषण मिश्रीत परमादेश जारी गरेको हो ।

 

 

 

फर्जी साधारणसभाको आडमा विधान वनाएर निर्वाचित कार्यसमिति मध्येका कोषाध्यक्ष र सचिवलाई हटाएर आर्थिक कारोवार गरेर अपचलन र अनियमितता गरिरहेको भन्दै कोषाध्यक्ष भोज प्रसाद फुयालले मंगलवार रिट दायर गरेका थिए ।निवेदनमा खानेपानी संस्था, अध्यक्ष भुलन सेन, उपाध्यक्ष राजेन्द्र थापा, सचिव उदय वहादुर भण्डारी, सदस्य हेमा कुमारी थापा, सुविज्ञा ठकुरी, बर्दिवास नगरपालिकाको कार्यालय, नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, कार्यालय प्रमुख गरी ११ जनालाई प्रतिवादी वनाईएको छ ।

 

 

आदेश जारी भएको १५ दिन भित्र प्रतिवादी नं. १० र ११ लाई सरकारी वकिलको कार्यालय मार्फत लिखित वयान र अन्य प्रतिवादीहरुको हकमा आफै वा कानुनी प्रतिनिधिको उपस्थितिमा लिखित वयान पेश गर्न न्यायधिश गिता प्रसाद तिमल्सिनाको इजलासले आदेश जारी गरेको हो ।यसअघि पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीले साधारणसभाको नाममा भएको विधानलाई अवैधानिक ठहर गरेको थियो । प्रक्रिया सम्पन्न नगरी साधारणसभा फर्जी नै देखिएको वताउदै जिल्ला प्रशासन कार्यालयले संस्थाको विधान २०६३ अनुसार काम गर्न निर्देशन दिएको थियो ।

 

 

 

तर निर्वाचित कोषाध्यक्ष भोज प्रसाद फुयालको हस्ताक्षर विना र आर्थिक कारोवारलाई समेत अहिलेसम्म अध्यक्ष भुलन सेनले निरन्तरता दिदै आएका छन् । जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई नै आधार मान्ने हो भने पनि अहिले संस्थाले गरिरहेको कामहरु अवैधानिकतर्फ उन्मुख भएको देखिएको छ ।रिटमाथी निवेदकको तर्फवाट बिष्णु कार्कीले वहस गरेका थिए ।

 

 

 

सबै सेवा सञ्चालन हुन अझै केही समय लाग्ने

गण्डकी । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, कास्कीले कार्यालयबाट प्रवाह हुने सबै सेवा पूर्ववत् रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाएको छ । कार्यालय भवन सरसफाइ, मर्मतसम्भार, रङ्गरोगनलगायतका कार्य भइरहेकाले सेवा प्राप्तिमा धैर्य गरिदिन सेवाग्राहीमा अनुरोध...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

सबै सेवा सञ्चालन हुन अझै केही समय लाग्ने

गण्डकी । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, कास्कीले कार्यालयबाट प्रवाह हुने सबै सेवा पूर्ववत् रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाएको छ । कार्यालय भवन सरसफाइ, मर्मतसम्भार, रङ्गरोगनलगायतका कार्य भइरहेकाले सेवा प्राप्तिमा धैर्य गरिदिन सेवाग्राहीमा अनुरोध...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९