मिट्रोभिकको ह्याट्रिकमा अल हिलाल विजयी

काठमाडौँ । अल हिलालले एएफसी च्याम्पियन्स लिग अन्तर्गत लगातार जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब इस्टेगलाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेका थिए ।यो जितपछि अल हिलालले ४ खेलमा पराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी इस्टेगलालको ४ खेलमा ३ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१