रेड स्टारमाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गत सर्बियाको क्लब रेड स्टार (सवेर्ना भेज्डा) माथि शानदार जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा बार्सिलोनाले रेड स्टारलाई ५-२ गोल अन्तरले जित हासिल गरेको हो ।बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने इनिगो मार्टिनेज, राफिन्हा र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।त्यस्तै रेड स्टारका लागि सिलास र मिलसनले एक एक गोल गरेका थिए ।यो जितपछि बार्सिलोनाको ४ खेलमा ९ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी रेड स्टारले भने यस सिजनको च्याम्पियन्स लिगमा लगातार चार खेलमा हार बेहोरेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१