हिन्दु आस्थाको पर्व: छठ

सँस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ । नेपालको मध्य र पूर्वी तराईका छठका लागि नगर क्षेत्रका पोखरीको सफाई पश्चात् घर, चोक, गल्ली तथा नदी पोखरीहरू बेहुलीझैँ झिलिमिलि सिंगारिन्छन् । त्यसैगरी हरेक घर, चोक, छठका गीतले वातावरण गुञ्जायमान बनिरहेका हुन्छन् । भनिन्छ नेपालको मध्य र पूर्वी तराईको साँस्कृतिक पर्व नै छठ हो भने पहाडि समदायले समेत उत्तिकै उत्साह एवं भक्तिका साथ यो पर्व मनाउन थालेको छ ।

 

छठ पर्व मनाउनुका पछाडि अनेक पौराणिक तथा लोक कथाहरू छन् । यसको पछाडि एउटा लामो इतिहास छ । सूर्य उपासनाको परम्परा वैदिककालदेखि रहेको छ जहाँ सूर्यलाई प्रत्यक्ष देवता स्वीकार गरिएको छ ।

 

जनश्रुति अनुसार जुवामा राजपाट हारेपछि पाण्डव आफ्नी पत्नी द्रौपदीसँग वन-वन भौतारिएर हिडिरहेका थिए । पाण्डवहरूको दुःखको कारण दुःखी द्रौपदीले राज्यको प्राप्ति संग सुख समृद्धि तथा शान्तिको लागि कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा भगवान सूर्य नारायाणको उपासना गरेकी थिइन । द्रौपदीको श्रद्धा तथा भक्तिबाट प्रभावित भएर भगवान श्री सूर्यले मनोवान्छित फल प्रदान गर्नु भएकोले त्यसैबाट पाण्डवहरूले आफ्नो हराएको राजपाठ प्राप्त गरेको हुन भनिन्छ ।

 

फेरि अर्को कथा अनुसार मगधका राजा जरासन्घको पूर्वजलाई कृष्ठरोग लागेको थियो । उनलाई कुष्ठरोग ठीक गर्नका लागि शाकलद्वीपबाट ब्राम्हणलाई बोलाइएको र उनले सूर्यको उपासनाद्धारा कृष्ठरोग ठीक गरेको भन्ने भनाइ छ । त्यसैबाट आकर्षित भई मगधका नागरिकले छठ पर्व मनाउन लागेका मानिन्छ । भनिन्छ कि मगधबाट नै सर्वप्रथम सूर्यको उपासना शुरु भयो । मग ब्राम्हणबाट आवृत्त भएको कारणले नै यो क्षेत्र मगध कहलिएको हो । यी मग ब्राम्हण सूर्यको उपासक थिए । सूर्यको किरणबाट उपचार गर्दा यिनीहरूलाई प्रशस्त सफलता मिल्यो । त्यसैले पूरा निष्ठा एवं नियमपूर्वक चार दिवसीय सूर्यको व्रतको उपासनाका रूपमा छठ पर्वको परम्परा प्रचलित भयो र समृद्ध समेत हुदै गयो भन्ने भनाई छ ।

 

एउटा जनश्रुति यो पनि छ कि भगवान शिवको वीर्यबाट उत्पन्न स्कंटको छ कृत्तिकाले एकै साथ आफ्नो दूध चुसाएर उसको प्राणको रक्षा गरेको थियो । त्यससमय स्कंटको छ वटा मुख भएको थियो । यो घटना जुन महिनामा घटेको थियो त्यस महिनाको नाम नै कार्तिक थियो । त्यसैले कृत्तिकाका छोरालाई दूध चुसाइएको कारण स्कंटको नाम कार्तिकेय रहेको हो । अतः छठीमैयाँको पूजा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथीमा हुने गर्दछ । यो पर्व बच्चाको कष्ट निवारण एवं सुख समृद्धिका लागि गर्ने गरिन्छ ।

 

यसै सम्बन्धमा एक अर्को प्रसिद्ध कथा पनि छ । धेरै उमेर भै सक्दा पनि राजा प्रियव्रतका कोही सन्तान भएनन् । तब उनले कश्यप ऋषिद्धारा पुत्रेष्टियज्ञ गराए । यज्ञपश्चात् रानी गर्भवती भइन् तर उनको गर्भबाट मृत पुत्र जन्मियो । यो देखेर रानी बेहोस भइन् । प्रियव्रत मृत शिशुलाई लिएर मसानघाट गए, तर उनी त्यहाँ वौलाहाजस्ता भई प्रलाप गर्न लागे ।

 

त्यसै समयमा आकाशबाट एउटा ज्योतिर्मय विमान आयो । त्यस विमानमा एउटा देवी बसेकी थिइन् । राजा प्रियव्रतले पुत्रलाई पृथ्वीमा राखी तिनै देवीको स्तुति गर्न लागे । त्यसपछि देवीले भनिन् – “म ब्रम्हाको मानसपुत्री षष्ठी देवी हुँ । म सबै बालकको रक्षिका हु साथै अपुत्रोलाई पुत्र प्रदान गर्दछु ।

 

मेरो पिताले मेरो विवाह स्वामी कार्तिकेयसँग गरिदिनु भएको हो । म सबै मातृकामध्ये विख्यात स्कंदकी पत्नी हुँ । म मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएको कारण मलाई षष्ठी भन्दछन् । म पुत्र नहुनेको लागि पुत्र, धन नहुनेको लागी धन, रोगीलाई निरोगी, कर्म गर्नेको लागि कर्मको फल प्रदान गर्दछु” यति कुरा भनी देवीले मृत शिशुलाई स्पर्श गरेपछि शिशु जीवित भयो । प्रियव्रतको प्रसन्नताको कुनै सीमै रहेन । उनले अनेक प्रकारले षष्ठी देवीको स्तुति गर्न लागे । राजाबाट भएको स्थुतिले प्रसन्न भएर देवीले भनिन् – “राजन ! तिमी यस्तो व्यवस्था गर ता कि सबै मानिसले मेरो पूजा गरुन” यति भनेर देवी अन्तध्र्यान भइन् । राजाले देवीको आज्ञा शिरोधार्य गरी राजाबाट व्यापक रूपमा प्रचार प्रसार गरि दिएपश्चात् यो पूजा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा षष्ठी देवी या छठी देवीका व्रतको रूपमा सुरु हुन लाग्यो ।

 

यस पर्वमा भगवान सूर्यको साथसाथै षष्ठी देवी या छठी देवीको समेत पूजा उपासना हुने गर्दछ । यो पर्व कार्तिक एवं चैत्र महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्थ्यो तर हाल चैत्र महिनामा मनाइएको थाहा पाइदैन जसरी चैत्र महिनामा मनाइने चैते दशैजस्तै गरी हराइसकेको छ । यस पर्वको कुल अनुष्ठान चार दिनको हुन्छ । यस पर्व महिला एवं पुरुष दुवैले गर्दछन् तर विशेष गरी महिलाले धेरै गर्दछन् ।

 

यो पर्व चतुर्थी तिथिबाट प्रारम्भ हुन्छ र सप्तमी तिथिमा समाप्त हुन्छ । यस पर्वमा व्रतालु नियम निष्ठामा रहन्छन् । उनीहरू पवित्र जलाशयमा नुहाएर शुद्ध भोजन ग्रहण गर्दछन् । यसलाई स्थानीय भाषामा “नहा–खा” या “नहाय–खाय” भनिन्छ । अर्थात नुहाएर खाना खानु भनिएको हो । छठ पर्वको अघिल्लो दिन भएकाले ब्रतालुहरू व्रत बसेर साँझ नुहाएपछि माटोको चुलो स्थापना गरी प्रसाद बनाउने परम्परा छ । प्रसादको रूपमा खीर र पिठोको रोटी शुद्ध घिउबाट बनाइएको मिठाई, ठेकुवा विभिन्न परिकार तथा मौसमी फलफूल आदि भगवान सूर्यलाई भोग लगाई ग्रहण गरी आफ्नो उपवास समाप्त गर्दछन् ।

 

षष्ठी तिथि नै मूल पर्व हो । यस दिनमा उपवास राखिन्छ । व्रतालु सूर्य डुब्नुभन्दा एकाध घण्टा अघि नदी, पोखरी आदिको छेउमा बनाइएको घाटमा जान्छन् । ब्रतालु महिलाहरू नयाँ लुगा, गरगहना आदि लगाएर सजिसजाउ भै छठी माता एवं भगवान सूर्यलाई लोकगीत गाएर आ–आफ्नो घरबाट बाहिर निस्कन्छन् । अर्घ दिनु अगाडिसम्म गीत गाई रहन्छन् । तत्पश्चात् पानीमा उभिएर डुब्न लागेको सूर्यलाई अर्घ दिन्छन् । पकाइएको मिष्ठान्न, फल बाँसको ढकीमा सजाएर सूर्यलाई अर्घ अर्पण गरिन्छ । अर्घमा मौसमी फल तथा पिठो र सख्खरबाट शुद्ध घिउमा बनाइएको ठेकुवा हुनु अनिवार्य छ ।

 

व्रतालुले नुहाएपछि चिसै कपडा लगाई डुब्न लागेको सूर्यलाई अर्घ दिन्छन् । केही ब्रतालुले नुहाएर अर्घमा दूध पनि चढाउछन् । यो उनीहरूले मागेको कुरा पूर्ण भएको खुशीमा गर्दछन् । यसपछि सबै व्रतालु घर फर्कन्छन् । अर्को दिन बिहान (झिसमिसे मै) पूनः नदी तलाव पोखरीमा सबै व्रतालु पुग्दछन् र भगवान सूर्यको उदाउने प्रतीक्षा गर्दछन् । उदाउदो सूर्यलाई व्रतालुले नुहाएर पूनः अर्घ प्रदान गर्दछन् । अर्घ दिइसकेपछि सबै व्रतालु एक ठाउँमा बसी छठसँग सम्बन्धित कथा सुनाउने, सुन्ने गर्दछन् । यसदिन छठ पर्व समाप्त हुन्छ । अतः यस दिनलाई पारण भनिन्छ ।

 

यो पर्व नेपालको गाउँ र शहर काठमाडौं उपत्यकाका रानीपोखरी, बागमती, विष्णुमती, मनहरा, कमलपोखरी, जनकपुर, वीरगन्ज, विराटनगर लगायत नेपालका धेरै ठाउँमा मनाइन्छ । यो सम्पूर्ण नेपालीको साझा पर्वजस्तो भैसकेको छ । त्यसैगरी भारतको बिहार, पूर्वी उत्तर प्रदेश एवं झारखण्डका साथै मुम्बई, दिल्ली, पञ्जाव लगायत अधिकांस ठाउँमा मनाउने गरेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

काठमाडौँ,  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम...

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।   गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको...

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

महेन्द्रनगर,  एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।   “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौँ,  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले राससलाई जानकारी...

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…

खलङ्गा (जुम्ला),  चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः आज खेल नहुने

काठमाडौँ,  यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९