संगीतको भन्दा आनन्द अर्को केहीमा छैन

परापूर्व कालमा शिकारीहरु जंगलमा शिकार खेल्न जादा कुकुरको घाँटीमा घण्टी झुन्डाएर कुकुरलाई पनि साथमै लिएर जान्थेँ अरे । ताकि कुकुरको घाँटीमा झुन्डाएको घण्टीको सुमधुर आवाजमा मृगहरु नजिक आउन र शिकार गर्न सजिलो होस् । आज पनि हामीले देखेका छौँ, सपेराले बजाउने धुनहरुमा विशालु सर्प लट्ठिएर धुनमग्न भएर त्यसैमा हराएको । यसबाट नै प्रष्ट हुन्छ कि संगित मानिसलाई मात्र हैन प्राणी जगतलाई नै मन पर्छ । त्यसै कारण हामी भन्न सक्छौँ कि संगीत प्राणी जगतको सर्वोत्तम कला हो । श्रष्टा र बिद्ध्वनले भन्ने गरेका छन् संगितको न भाषा हुन्छ, न सिमा र परिधि हुन्छ । साँचै सिमा, परिधि र भाषामा बाधिन नचाहने एक मात्र कला संगीत कला हो । यि सबैको बन्धनबाट किन टाढा छ त संगित ? संगीत किन सबै प्राणी जगतलाई नै मन पर्छ त ? किनकी संगीत कला भावनात्मक कला हो, संगित कला मन भित्रको कला हो । संगीतले हृदयलाई झन्कृत पार्छ, छुन्छ, माधुर्यता प्रदान गर्छ, मनलाई मत्रमुग्ध बनाउछ । त्यसैकारण संगीत हामी मन पराउँछौ, संगीत हामीलाई मन पर्छ ।

 

संसारमा सायदै अन्य बस्तु होला संगीत जस्तो आनन्द दिने । किन भने संगीतमा जुन किसिमको आनन्द आउछ त्यस्तो आनन्द अत्य बस्तुले दिननै सक्दैन भन्दा अतियुक्ती नहोला । संगीतले मन छुन्छ र नै आनन्द आउँछ, संगितले भावना बोल्छ, संगीतमा हृदय स्पर्शीताको क्षमता हुन्छ र नै आनन्द आउछ । एक छिन आँखा चिम्लीएर अनुभुत गरे मात्र पनि पुग्छ  संगितको आनन्दको बारेमा, जुन बयान भन्दा अझ धेरै माथि छ । संगीतलाई जिवन जिउने आधार भन्दा भनि फरक पदैन् । किन कि संगित जिवन भोगाईका हरेक उकाली ओरालीहरुमा गुञ्जी रहेका छन् र गुञ्जी पनि रहने छन् । जिवनका पाटा पाटामा, सुख र दुःखमा, हाँसो र रोदनमा, प्रत्येक समय र पाईला बिभिन्न लय भएर गुञ्जीएका छन् संगीत । प्रत्येक प्राणीले जिबनमा जानेर होस अथवा नजानेर संगितको उपयोग गरिहेको हुन्छ । प्राणीले संगितलाई उपयोग मात्रै गर्दैन त्यसबाट उसले लाभ समेत प्राप्त गरेको हुन्छ । सुखमा सुन्छ संगित, दुःखमा सुन्छ संगित, पिडा, ब्यथा र दुखाईमा सुन्छ संगित, हाँसो, उत्साहा, उमंगमा सुन्छ संगित र नै उसले ति भोगाईको यथार्थमा अफुलाई परिमार्जन गर्छ र त्यसबाट आप्mनो भगाईलाई सरल र सहज बनाउछ । त्यसै कारण संगितलाई प्राणी जगतले उपयोग गर्छ र  लाभ प्राप्त गर्छ ।

 

 

आज संसारका उत्कृष्ट श्रष्टाहरुलाई सोधियो भने संगितको परिचय, संगितको परिभाषाको उत्तर एउटौ आउदैन् । श्रष्टा र श्रष्टाको मन अनुसार फरक बिचार र धार आउछ । श्रष्टाको कुरालाई अलि पर राखौँ प्रत्येक ब्यक्ति र मनै पिच्छे फरक छ बिचार र परिभाषा, संगितको बिषयमा । त्यसैकारण पनि भन्न सकिन्छ संगितको परिचय दिन, संगितलाई परिभाषा लगाउन कठिन छ । के भनेर लगाउने संगितको परिभाषा ? के हो त संगित ? संगितलाई के भन्न सकिन्छ ? अखिर यति धेरै प्रश्नको जवाफ सरल र बैज्ञानिक तरिकाको नभए पनि पक्कै छ । जसले जे परिभाषा संगितलाई लगाएता पनि संगित एक सर्वभौम कला हो । संगितलाई भरिभाषा र परिधि भित्र बाधिनु हुँदैन । यसको आकार र परिधि अनि परिभाषा विशाल र बृहत छ जुन कुनै ब्यक्तिको परिभाषा भित्र अटाउँदैन् । जसरी संगित संसारको एउटै भाषा हो भनिएको छ, संसारले बुभ्mने भाषा भावनात्क कला भनिएको छ । त्यसरि नै यसको आकार र परिधि बिशाल बिशाल छ । यो एक रङ्ग होईन् दुई रङ्ग पनि होईन्, रङ्गै रङ्ग भएर रङ्गहिन भएको छ । जस्तै सुर्यको प्रकाशमा रङ्ग लुकेर रहेका छन् ।

 

प्राणीलाई संगित मन पर्छ किन त ? किन कि प्राणीको मन भित्र पनि एक किसिमको संगित पैदा भएर तरङ्गीत भईरहेको हुन्छ । खास गरि मानिसको प्रत्येक समयको अनुभुतले मनमा त्यस्तै किसिम, प्रकारको संगित पैदा भईरहको हुन्छ । दुःख, सुख, हाँसो, आँसु सवै किसिमको संवेग तथा परिस्थीतिमा त्यसैमा मेल खाने संगितको झन्कार मनमा भंmकृति भईरहेको हुन्छ । त्यसै समयमा मन भित्रको धुनसंग मिल्दो जुल्दो बाहिरि संगीत सुन्न पाईयो भने त्यसले अभैm सार्थकता पाउँछ र गहिरोसंग संगीतले हृदयमा छाप छोड्छ । त्यहि बाहिरी संगीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगि सावित हुन्छ र नै संगीतको महत्व बढेको छ । त्यसैले मानिसले अञ्जानमा पनि संगितको प्रयोग गरिरहेको छ । त्यसैले संगीत भावना हो, मन भित्रको लय, माधुर्यता हो ।

 

संगीतलाई श्रवण गरिरहेको समयमा प्राणीलाई आनन्द आउछ, हृदय प्रफुल्लीत भईरहेको हुन्छ । किनकी त्यो समयमा भित्रि इन्द्रीयले काम गरिरहेको हुन्छ, हामीले थाहा पाउँने ईन्द्रीय भन्दा फरक ईन्द्रयले । त्यसैकारण देख्दा, स्पर्श गर्दा, सुन्दा, सुँघ्दा र स्वाद दिँदा भन्दा संगितको अनुभुतिपुर्ण कलाले छुट्टै आनन्द प्रदान गर्छ । आज पनि बाँसुरीको धुन सुनियो भने चित्त थाम्न सकिदैन् मनले त्यसै वाँसुरीको धुनमा आफुलाई समर्पित गर्छ । झरझर झर्ने झरनाको आवजमा मन रमाउछ किन ? मनको संगीत त्यसैमा पाईन्छ र नै हो । एउटा कविता पनि लय हालेर वाचन गरियो भने त्यसले माधुर्यता प्रदान गरिरहेको हुन्छ, मनलाई स्पर्श गरिरहेको हुन्छ । त्यसैले बाँसुरीमा छ संगित, झरनामा छ संगीत, चराको चिरविर आवाजमा, बन जंगलका सुस्केराहरुमा, खोला र नालामा, बतास र सुन्यतामा, आँधी–बेहरी भएको संगीतले दिने आनन्द अन्य धेरै गुणा बढि र उत्तम छ । त्यसैले भन्न सकिन्छ, संगीतको भन्दा आनन्द अर्को केहिमा छैन् । पूर्वान्चल दैनिक

  लेखक कचनजंघा एफएमका समाचार वाचक हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ,  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   तराईका केही स्थानमा आज दिउँसो...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ,  आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९