
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता जनाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद, सिंहदरबारस्थित कार्यालयमा पुर्व प्रधानमन्त्री तथा पुर्व परराष्ट्र मन्त्रीहरूसँगको सामुहिक छलफलको क्रममा सो प्रतिबद्दता गरेका हुन ।
सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेको उक्त बैठकमा उनले यस्तो धारणा राखेका नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बताए । ‘‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो,’ पुर्व प्रधानमन्त्री खनालले भने । खनालका अनुसार यसपटक चीनसँग ऋण सम्झौता नगरेपनि भावी दिनमा पनि कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हुन सक्ने भन्दै असहमति जनाएर फर्केको जानकारी दिए ।