राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन

रौतहट। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रौतहटको पूर्वुभेग गढीमाई नगरपालिका  ४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन् ।

 

 

 

मंगलवार एक समारोहका बिच प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री सिंहले सुन्दरपुर गढीमाई मेलाको विधिवत रूपमा उद्घाटन गरेका हुन। उदघाटन समारोहमा कावा प्रधानमन्त्री सिंहका साथै नेपाली कांग्रेसका संघीय सांसद देवप्रसाद तिमल्सिना, पार्टी मधेश प्रदेशका सभापति पुर्व मन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, प्रदेश सांसद अबुल कलाम आजाद, गढिमाई नगर पालिकाका मेयर श्यामप्रसाद यादव, माधवनारायण नगर पालिका का मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगर पालिकाका मेयर  कन्थमणि प्रसाद जयसवाल लगाएतको सहभागिता रहेको थियो।

 

 

 

बिश्व प्रसिध्द बारा स्थित गढीमाई मेलाकै तिथि मितिमा  बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना गरिएको छ। सुन्दरपुर स्थित  गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना गरिएको हो। मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले सुन्दरपुर गढीमाई मन्दिरमा  हिजो सोमवार देखि मङसिर २६ गतेसम्म मेला लाग्ने बताएका छन्।

 

 

 

स्थानियहरुको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङसिर २० गते बिहिबार भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन्। सुपरस्टार खेसारीलाल सँगै भारतीय भोजपुरी मोडेल माही र मनिषाको पनि सांगीतिक प्रस्तुती हुने जनाइएको छ।

 

 

 

भारतीय कलाकारका साथै नेपालका हिन्दी गीत संगीत प्रस्तुत गर्ने कलाकार, टिकटक स्टारहरु संगै स्थानीय भाषामा प्रस्तुत हुने अलहा रुदलको नाच प्रदर्शन हुने सुन्दरपर गढीमाई मेला समितिका प्रवक्ता वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्। बारा गढीमाई सरह सुन्दरपुर गढीमाई मन्दिरमा  मूल तान्त्रिकले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशु बलि प्रदान सुरु हुन्छ। मन्दिरमा राँगा, बोका, परेवाको बलि दिइने गरिन्छ।

 

 

 

यस मन्दिरमा पनि बलि सुरुहुनु अघी मुसा, परेवा, बोका, राँगा र खरायो गरी पञ्चबलिका रूपमा देवीलाई अर्पित गर्ने परम्परा रहेको छ। मेला भर्न आउने भक्तजनको लागि ६० वटा घुम्ती शौचालय र करिव पाँच सय अस्थायी शौचालय निर्माण गरिएको समितिले जनाएको छ। सयौं स्वयंसेवक संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी मेला तथा आउने भक्तजनको सुरक्षाका लागि परिचालन गरिएको मेला समितिका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

 

 

 

६५ बर्ष अघि स्थानिय धामी झाँक्री जागा ठाकुरले सपनामा गढीमाईको दर्शन गरेपछि माताकै आदेशमा सुन्दरपुरमा सोही समय स्यानो मन्दिर निर्माण गरी पूजा पाठ सुरुगरेका थिए। प्रत्येक पाँच बर्षमा त्यहाँ मेलाको आयोजना हुँदै आएको छ।

 

 

 

स्थानीय निकायको निर्वाचन पछी गढीमाई नगरपालिकाको मेयरपदमा पहिलो पटक श्याम प्रसाद यादव निर्वाचित भएपछी सुन्दरपुर गढीमाईको मन्दिर निर्माण देखी वृहत रुपमा मेलाको आयोजना हुँदै आएको छ। मेयरपदमा श्यामप्रसाद यादव दोस्रो पटक निर्वाचित भएका हुन्। सुन्दरपुर मन्दिरका मुल पुजारी जागा ठाकुरको निधन पछि उनको छोरा रामदेव ठाकुर मुल पुजारी रहेका छन्।

 

 

रौतहटको सुन्दरपुर गढीमाई मेलामा अघिल्लो पटक साढे ७ सय राँगाको बली चढेको प्रवक्ता दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।  मेलामा छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, बारा लगायत सीमावर्ती भारतबाट लाखौँ मानिस आउने गरेको आयोजकले जनाएको छ। दर्शन गर्न आउने बाहिरका भक्तजन तथा आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको सुन्दरपुर गढीमाई मेला समिति रौतहटले जनाएको छ।

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९