पर्साको तिलावे पुल भत्किएको छ महिनासम्म बनेन

वीरगंज। बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महीना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन । पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ । अहिले चिसो मौसममा खोला तरेर हिँड्नुपर्ने बाध्यता रहेको छ भने वर्षायाममा पानीको सतह बढ्दा आवतजावत पूर्ण रूपमा बन्द हुने जोखिम छ । गण्डक सिंचाइ परियोजना अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण भएको यो पुलको आयु ५० वर्ष तोकिएको थियो । पुल भत्किएपछि हाल नदीमा अस्थायी डाइभर्सन बनाइएको छ, तर वर्षायाममा यो व्यवस्था प्रभावकारी नहुने देखिन्छ । सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय, गण्डकका अनुसार पुल निर्माण बारे सडक विभागले जिम्मेवारी लिने चर्चा भएपनि यस बारे कुनै आधिकारिक निर्णय भएको छैन । डिभिजनले सम्बन्धित विभाग र मन्त्रालयलाई पुल पुनर्निर्माण बारे जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको जनाएको छ । बहुदरमाई नगरपालिकाका अनुसार नगरपालिकासँग पुल पुनर्निर्माणका लागि आवश्यक बजेट छैन । प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराएपनि समस्या समाधानमा कुनै प्रगति नभएको स्थानीयको गुनासो छ । स्थलगत निरीक्षणका लागि अधिकारी र जनप्रतिनिधि पुगेपनि पुनर्निर्माण बारे टुङ्गो नलाग्दा समस्या अझै ज्यूँका त्यूँ छ ।

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९