धनगढीका मेयर गोपाल हमाललाई ब्रेन अट्याक, दिल्ली लगियो

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन्। हिजो (शुक्रबार) रातिबाट उनी अस्वस्थ बनेका हुन्।

 

स्रोतका अनुसार हिजो राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई भारतको दिल्लीस्थित म्याक्स हस्पिटल लैजान लागिएको बुझिएको छ।

 

चिकित्सकीय स्रोतले उनलाई ब्रेन अट्याक आएको जनाएको छ भने उनी यस अगाडि पनि बेलाबखत भारतका विभिन्न सहरहरुमा उपचार गराउदै आएका थिए।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?